महेश सिंह ,सिरहा।बिश्व माहामारीको रूपमा फैलिएको कोरोना भाईरस अथवा काेिभड -१९ का कारणले लकडाउनबाट प्रभावित भएका दैनिक राेजगारी गर्ने मजदुर हरुलाई छाक टारन , हात मुख जोडन समस्या भएका छन् । दलित विकास मञ्च सिरहाले, द फ्रिड फण्डकाे सहयाेगमा १५० घर धुरी हरवा चरवा परिवारलाई राहत वितरण गरेका छन् ।
मजदुरी त्यागेको हरवा चरवा परिवारले राहत पाएपछि खुसि व्यक्त गरेका हुन् । हरवा चरवा परिवारको बिचल्ली हेरेर
जिल्ला हरवा चरवा अधिकार मञ्च सिरहाका अध्यक्ष श्यामसुन्दर सदाले अन्नदान गर्न लागेको हो ।
सिरहाकाे धनगढीमाई नगरपालिकाका वडा नम्बर १, २ र सुखिपुर नगरपालिका वडा नम्बर ७ का हरवा चरवा शसत्तिकरण पिरयाेजना अन्तरगतका बचत तथा ऋण समुह सदस्यहरूलाई प्रति घर धुरी चामल दाल नून र तेल वितरण गरेकाे कार्यक्रम संयाेजक रविन महराले जानकारी दिए ।
राहत वितरणकाे क्रममा सुखिपुर वडा नम्बर ७ का वडा अध्यक्ष विरेन्र्द महताेकाे रोहबरमा राहत वितरण भएका छन् । र धनगढीमाई नगरपालिकाका १,२ का वडा प्रतिनिधि काे समेत उपस्थित रहेकाे थियाे । राहत वितरण स्थलमा समाजिक दुरी कायम गरी राहत वितरणको ब्यस्था मिलाएरको दलित विकास मञ्च सिरहाका सचिव रामचन्द्र महराले बताए ।
Discussion about this post