जनकपुरधाम।जनकपुरधाममा आजदेखि लकडाउन केही खुकुलो बनाउने निर्णय भएको छ ।जिल्ला प्रशासन कार्यालय धनुषामा स्थानिय प्रशासन, जनकपुरधाम उद्योग बाणिज्य संघ र धनुषा चेम्वर अफ कर्मश बिच शुक्रबार सहमती भएको हो ।बैठकमा प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, संघका अध्यक्ष ललित कुमार साह, कर्मश धनुषाका अध्यक्ष विजय प्रसाद साह सहित दुबै संंस्थाका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
बैठकमा विहान ५ बजे देखि मध्यान्ह १२ बजे सम्म सम्पुर्ण पसलहरु खोल्ने सहमती भएको बताईएको छ । यद्यपि सैलुन, जिम सेन्टर, सिनेमा घर, होटल, रेष्टुरेन्ट सहितका भिडभाड हुने प्रतिष्ठानहरु भने यथावत बन्द नै रहेको उनले बताए ।दिउँसो १ बजेसम्म सम्पूर्ण व्यवसायीहरुलाई पसल बन्द गर्न आग्रह गरेको छ ।
कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारद्वारा जारि लकडाउनका कारण व्यापारीहरु सास्ती भोग्दै आएका थिए । यस सहमतीले केहि राहत भने हुने भएको छ । प्रत्येक व्यवसायीले आआफ्नो प्रतिष्ठान अगाडि अनिवार्य रुपमा सेनिटाइजर, साबुन पानी, मास्क, ग्लोब्ससहित सामाजिक दूरी पालन गरी सतर्कतापूर्वक व्यवसाय सञ्चालन गर्न तथा सुरक्षा निकायलाई सहयोग गरिदिन प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले अनुरोध गरे ।
Discussion about this post