जनकपुर। जनकपुरको जानकी चोकमा गीता गिफ्ट हाउस सञ्चालन गर्दै आएका व्यापारी श्याम चौधरी र उनका बुबा झगरु चौधरीलाई लकडाउनको उल्लङ्घन गरी पसल खोलेको भन्दै प्रहरीले निर्घात कुटेका छन् ।
घटनाप्रति जनकपुर उद्योग वाणिज्य संघले दुःख व्यक्त गर्दै भत्सर्ना गरेको छ ।संघका अध्यक्ष ललित कुमार साह र महासचिव जितेन्द्रकुमार महासेठले संयु्क्त विज्ञप्ति जारी गर्दै दोषी प्रहरीमाथि कडा कारबाही गर्न माग गरेका छन् । बन्दाबन्दीको ७२ दिन भइसक्दा पनि उद्योगी व्यवसायी धैर्यताका साथ यसको पालना गरिरहेको अवस्थामा यस्ता घटनाहरु हुन नदिन दुवै पक्षलाई संयमता अपनाउन विज्ञप्तिमा अपिल गरिएको छ ।
यता प्रहरीमाथी नै दुव्र्यवहार हुनुका साथै कुटपीट भएपछि आफूहरुले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनले व्यापारी श्याम साहको कुटाईबाट जानकी चौकीका ईन्चार्ज राजाराम यादव घाइते भएको समेत बताएका छन ।
यसैबीच लकडाउन पालन गराउने समयमा व्यापारीहरुसँग दुव्र्यव्यहार गर्ने दुई जना प्रहरी कर्मचारी कारवाहीमा परेका छन् ।लकडाउन पालन गराउने क्रममा प्रहरीकै त्रुटि देखिएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक मेरुलाल गुप्ता र प्रहरी जवान दिपक यादवलाई २ नम्बर प्रदेश प्रहरीमा तानिएको प्रदेश प्रहरीका प्रमुख डिआईजी सिंहले बताएका छन ।
Discussion about this post