सिराहा। सिराहामा १५ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेकाे आरोपमा चार जना पक्राउ परेका छन् ।सिराहा प्रहरीका अनुसार गोलबजार नगरपालिका-३ स्थित गागन खोलामा किशोरीलाई सामूहिक बलात्कार गरेकाे आरोपमा चार जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा नरहा गाउँपालिका ४ बस्ने २५ वर्षीय रामबाबु भन्ने चन्देश्वर यादव, औरही गाउँपालिका २ बस्ने २० वर्षीय अम्बर यादव र २३ वर्षीय जगरनाथ यादव तथा सुखीपुर नगरपालिका ६ बस्ने १९ वर्षीय गोलु महतो छन् ।पीडित किशोरीले दिएकाे बयानकाे आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न चारै जनालाई पक्राउ गरिएको सिराहा प्रहरीका प्रबक्ता बिनोद घिमिरेले जानकारी दिए । आराेपित चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको घिमिरेले बताए ।
Discussion about this post