जनकपुर। पछिल्लो २४ घण्टामा यस प्रदेश नम्वर २ मा ४१ जना पुरुष र ३ महिलागरी कुल ४४ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार प्रदेश २ का ४४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका एक कर्मचारीले जानकारी दिए ।
प्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार सप्तरी जिल्लामा १ जना, धनुषा जिल्लामा १ जना, महोत्तरी जिल्लामा ९ जना, सर्लाही जिल्लामा १५ जना, रौतहट जिल्लामा ११ जना र पर्सा जिल्लामा ७ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टी भएको हो । यो संगै प्रदेशमा कोरोना संक्रमितिहरुको संख्या ८५९ पुगेको छ भने उपचार पछि १०५ जना निको भई घर फर्की सकेका छन ।
Discussion about this post