सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार बिहान जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् ।सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ८ राउण्ड हवाई फायर गर्नुपर्यो।समयमा पुगेको प्रहरीले घटनालाई नियन्त्रणमा लिइसकेको छ।
दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।अहिले स्थिति सामान्य भइसकेको प्रवक्ता भारतीले जानकारी दिएका छन ।
Discussion about this post