काठमाडौं : बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्नुका साथै क्वारेन्टाइनमा रेहका संक्रमित नै भाग्न थालेपछि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
‘संक्रमितहरुको संख्या धेरै बढ्यो। यस्तो अवस्थामा लकडाउनलाई थप प्रभावकारी बनाएनौँ भने समुदायस्तरमै संक्रमण फैलिने खतरा रहन्छ। त्यसकारण लकडाउन प्रभावकारी बनाउन निषेधित क्षेत्र घोषणा गरिएको हो’,सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने।
नरैनापुरमा कूल ११४ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु मध्ये एकको मृत्यु भएको छ ।
यसअघि गाउँपालिकाले समेत कोरोना संक्रमित बढ्न थालेपछि संक्रमण समुदायमा फैलिने खतरा रहेको हुँदा स्थिति नियन्त्रणबाहिर जाँन नदिन उच्चस्तरीय चिकित्सक टोलीसहति थप सुरक्षाकर्मी परिचालन गर्न समेत अनुरोध गरेको थियो ।
शनिबारमात्र थप २७ जनामा कोरोना पोजेटिभ देखिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ११४ पुगेको हो ।
Discussion about this post