काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अनुसार सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। मिर्गौलाकी बिरामी धनगढी ४ की उनको शुक्रबार मृत्यु भएको थियो ।
डोल्पामा पनि एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।उनि जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो ।मन्त्रालयलका अनुसार उनको उनको २० गते निधन भयो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए । निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ थियो ।




















Discussion about this post