विसुन देव सरदार/सिराहा/जेठ १३ गते।हिजोआज तराई मधेशमा प्रत्येक दिन बादल लाग्छ , चट्याङ आउँछ , हुरी बतास सँगै वर्षा हुन्छ ।त्यसकारण आम सर्वसाधारण तथा किसान चिन्तित देखिएका छन।
अहिले मधेशमा अौँलो ज्वरो , रुघाखोकी , विरामी समेत बढदै गएको छ।
कोविड-१९ महामारीको दोस्रो लहरका कारण मानिसमा त्रासको घर बनेको छ। अहिलेको समयमा मान्छे दु: ख , कष्ट , पिडा आफ्नै परिवार जनमा बाँडिरहेका छन।विरामी सोच्छ यदी मेरो विरामी भएको खवर बाहिरियो भने प्रहरी समात्ने डर छ।
यता ठुला वडा किसानलाई समेत लगातार वर्षा र हावाहुरीले चिन्तित बनाएको छ। किसान को लागि बीउ छर्ने , बेला खेत तयार गर्ने बेला भएको छ।
लगातार पानी पर्नाले निमुखा जनता बिरामी हुनु तपाईं स्वयंम निर्णय गर्नसक्नु हुन्छ ।अहिले सरकार र ठुला नेता फैदै फैदा भएको छ।त्यसकारण सर्वसाधारण सँग अनुरोध आफ्नो सुरक्षा आफैँ गर्नुस । आउँदो चुनावका लागि यस्ता नेताका लागि तपाईं आफैं विचार गर्नुपर्ने देखिन्छ ।
नेपालमा धेरै जसो प्राकृतिक घटनाहरु भइरहन्छ जसमध्ये बाढी र हावाहुरी पनि एक हो ।सडक बाटो धाटो फोहोरी देखिएको छ । आर्थिक वर्ष सकिन्न लाग्दा विकास निर्माण कार्यहरु ठप्प परेका छन।





















Discussion about this post