सुर्खेत/भदौ ३० गते। हिन्दु र बाैद्ध धर्मावलम्वीको साझा धार्मिक स्थल हो काँक्रेविहार । काँक्रेविहार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ९ स्थित सानो पहाडी टाकुरोमा अवस्थित छ ।
काँक्रेविहार पहुँच मार्ग दयनीय भएको भएपनि यस क्षेत्रको अवलोकन गर्न वार्षिक रुपमा हजारौं धार्मिक पर्यटकहरु यहाँ आउने गर्दछन् ।
यो एक प्राचीन बौद्धविहारसमेत हो । १२औँ शताब्दीमा निर्माण भएको काँक्रेविहार विभिन्न अभिलेखहरू तथा उत्खननबाट प्राप्त मूर्तिहरूले यस स्थानलाई लिच्छवि र मल्लकालीन युगसँग जोडेको छ । यहाँ बुद्ध, अवलोकितेश्वर, तारादेवी र अन्य बौद्ध देव–देवीहरूका मूर्तिहरू अवस्थित छन् ।
शिखरशैलीमा निर्माण गरिएको विहारमा हिन्दु र बौद्ध संस्कृतिको संगम देख्न पाइन्छ ।















Discussion about this post