nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ज्वालामुखीको काखमा सात सय वर्षदेखि विराजमान गणेश, दर्शन गर्न पुग्छन् हजारौँ भक्तजन

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २९, २०८३, १:३१ मध्यान्ह
ज्वालामुखीको काखमा सात सय वर्षदेखि विराजमान गणेश, दर्शन गर्न पुग्छन् हजारौँ भक्तजन

भदौ २९ गते। इन्डोनेसिया विश्वकै सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको देश हो। तर, यही देशको पूर्वी जाभास्थित सक्रिय ज्वालामुखी माउन्ट ब्रोमोको काखमा भने करिब सात सय वर्ष पुरानो भगवान गणेशको प्रतिमा विराजमान छ।

आगो,‘धुवाँ र खरानी उगलिरहने सक्रिय ज्वालामुखीको किनारमा रहेको यो गणेश प्रतिमा धार्मिक आस्थाका साथै पर्यटकका लागि समेत आकर्षणको केन्द्र बनेको छ।
माउन्ट ब्रोमो वरपर बसोबास गर्ने स्थानीय तेंग्गेर समुदायले गणेशलाई आफ्नो संरक्षक देवताका रूपमा पुज्ने गर्छन्। कठिन र जोखिमपूर्ण बाटो पार गर्दै श्रद्धालुहरू ज्वालामुखीको माथिल्लो भागसम्म पुगेर गणेशको दर्शन गर्ने गर्छन्।

सात सय वर्ष पुरानो मान्यता
स्थानीय इतिहासकारहरूका अनुसार माउन्ट ब्रोमोमा रहेको गणेशको प्रतिमा करिब ७ सय वर्ष पुरानो हो। यो प्रतिमा तेंग्गेर समुदायले स्थापना गरेको विश्वास गरिन्छ।
माउन्ट ब्रोमो वरपरका करिब ४८ गाउँमा हिन्दू समुदायको बसोबास रहेको बताइन्छ। उनीहरू आफूलाई १२औँ शताब्दीमा दक्षिण–पूर्वी एसियामा प्रभावशाली रहेको माजापहित साम्राज्यका वंशज मान्छन्।
स्थानीय हिन्दु समुदायका लागि गणेश केवल पूजाका देवता मात्र होइनन्, उनीहरूका रक्षक र संरक्षक पनि हुन्।

‘बप्पा’ले ज्वालामुखीबाट जोगाउने विश्वास
स्थानीय जनविश्वासअनुसार गणेश प्रतिमा ज्वालामुखीको क्षेत्रमा रहुञ्जेल ब्रोमोको आगोले आसपासका गाउँ र खेतीपातीमा ठूलो क्षति पुर्‍याउन नसक्ने विश्वास छ।
ज्वालामुखी विस्फोट, भूकम्प तथा अन्य प्राकृतिक विपत्तिबाट आफूहरूलाई गणेशले रक्षा गर्ने विश्वास स्थानीयमा पुस्तौँदेखि कायम छ। त्यसैले जोखिमपूर्ण क्षेत्र भए पनि श्रद्धालुहरू गणेशको दर्शन र पूजा गर्न त्यहाँ पुग्ने गर्छन्।

‘ब्रोमो’ नामको सम्बन्ध ब्रह्मासँग
माउन्ट ब्रोमोको नामसमेत हिन्दू धर्मसँग जोडिएको मान्यता छ। स्थानीय भाषामा भगवान ब्रह्मालाई ‘ब्रोमो’ भनिने भएकाले पहाडको नाम पनि त्यसैबाट आएको बताइन्छ।
ज्वालामुखी क्षेत्रतर्फ जाने बाटोमा प्राचीन हिन्दू धार्मिक संरचनाहरू समेत भेटिन्छन्। यसले इन्डोनेसियाको पुरानो हिन्दू सभ्यता र भारतीय धार्मिक–सांस्कृतिक प्रभावको इतिहासलाई झल्काउँछ।
आज इन्डोनेसिया मुस्लिम बहुल देश भए पनि त्यहाँको कला, संस्कृति, भाषा र परम्परामा हिन्दू तथा भारतीय सभ्यताको प्रभाव अझै स्पष्ट देखिन्छ।

फलफूलदेखि जनावरसम्म चढाइन्छ
माउन्ट ब्रोमोमा रहेको गणेश प्रतिमामा स्थानीय श्रद्धालुहरूले फूल, फलफूल, धूप–दीपलगायतका सामग्री चढाउने गर्छन्।
कतिपय धार्मिक अनुष्ठानमा स्थानीय परम्पराअनुसार जीवित जनावरसमेत चढाउने गरिएको उल्लेख पाइन्छ।
गणेशलाई सामान्यतया मोदक प्रिय मानिए पनि ब्रोमो क्षेत्रमा उपलब्ध स्थानीय फलफूल तथा अन्य सामग्री नै भक्तहरूले प्रसादका रूपमा चढाउने गर्छन्।

दहकिँदो ज्वालामुखीबीच आस्थाको केन्द्र
माउन्ट ब्रोमो इन्डोनेसियाको चर्चित पर्यटकीय गन्तव्यसमेत हो। ज्वालामुखीको जोखिमका बाबजुद यहाँ प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटक तथा श्रद्धालु पुग्ने गर्छन्।
कालो खरानी र ज्वालामुखीको धुवाँबीच शान्त मुद्रामा रहेको गणेशको प्रतिमा देख्दा श्रद्धालुहरू भावुक हुने गर्छन्।
हजारौँ किलोमिटर टाढा भारतबाट अलग भूगोलमा भए पनि भगवान गणेशप्रतिको आस्था भने यहाँ पुस्तौँदेखि जीवित छ।
गणेश चतुर्थीको अवसरमा विश्वभर गणेशको पूजा भइरहँदा इन्डोनेसियाको सक्रिय ज्वालामुखीको काखमा सात सय वर्षदेखि विराजमान यी गणेशको कथा धार्मिक आस्था, इतिहास र सांस्कृतिक सम्बन्धको अनौठो उदाहरण बनेको मिडिया रिपोर्टहरूमा उल्लेख गरेको छ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

नेपाली महिलाहरूले मनाउने तीज के हो ? परम्परा, आस्था र बदलिँदो सामाजिक अर्थ

नेपाली महिलाहरूले मनाउने तीज के हो ? परम्परा, आस्था र बदलिँदो सामाजिक अर्थ

रातको अँध्यारोमा लालबकैया खोलाबाट काठ तस्करीको प्रयास, २७ क्युबिक फिट साल बरामद

रातको अँध्यारोमा लालबकैया खोलाबाट काठ तस्करीको प्रयास, २७ क्युबिक फिट साल बरामद

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

बाढी-पहिरो र मर्मतका कारण विभिन्न राजमार्ग प्रभावित, कतै ठप्प त कतै एकतर्फी

बाढी-पहिरो र मर्मतका कारण विभिन्न राजमार्ग प्रभावित, कतै ठप्प त कतै एकतर्फी

भक्तपुर अस्पतालद्वारा १९ पदका लागि करारमा कर्मचारी आह्वान

भक्तपुर अस्पतालद्वारा १९ पदका लागि करारमा कर्मचारी आह्वान

आजको विश्व, पहिलो पटक मानवनिर्मित यान चन्द्रमामा पुगेको दिन

आजको विश्व, पहिलो पटक मानवनिर्मित यान चन्द्रमामा पुगेको दिन

तेस्रो संस्करणको ‘स्ट्रिट पोएट्री’ सम्पन्न, सुमित झा प्रथम

तेस्रो संस्करणको ‘स्ट्रिट पोएट्री’ सम्पन्न, सुमित झा प्रथम

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि