nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तेस्रो संस्करणको ‘स्ट्रिट पोएट्री’ सम्पन्न, सुमित झा प्रथम

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २९, २०८३, १२:५४ मध्यान्ह
तेस्रो संस्करणको ‘स्ट्रिट पोएट्री’ सम्पन्न, सुमित झा प्रथम

जनकपुरधाम/भदौ २९ गते। जनकपुरधाममा कविता तथा साहित्यप्रति विद्यार्थीको रुचि बढाउने उद्देश्यले आयोजना गरिएको ‘स्ट्रिट पोएट्री’को तेस्रो संस्करण सम्पन्न भएको छ।

लियो क्लब अफ जनकपुरधाम क्यापिटल, लियो क्लब अफ जनकपुरधाम र लियो क्लब अफ जनकपुरधाम मेडिकोको संयुक्त आयोजना र लायन्स क्लब अफ जनकपुरधाम,लायन्स क्लब अफ जनकपुरधाम गार्गी र लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजको सहयोगमा आइतबार जनकपुरधाम–४ स्थित जानकी चोकमा रहेको तेल्हा पोखरीको डिलमा प्रतियोगिता सम्पन्न भएको हो।

कार्यक्रम लियो क्लब अफ जनकपुरधाम क्यापिटलका अध्यक्ष विकास साहको अध्यक्षता तथा मधेस प्रदेश सभाका सभामुख रामआशीष यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

‘स्ट्रिट पोएट्री’ प्रतियोगितामा जनकपुरधामका विभिन्न विद्यालयबाट २९ जना विद्यार्थीले सहभागिता जनाएका थिए। सहभागी विद्यार्थीले विभिन्न विषयमा कविता प्रस्तुत गरेका थिए। प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने ५ जना विद्यार्थी छनोट गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको निर्णायक मण्डलमा प्राध्यापक अशोक साह, पुनम झा मैथिल र रितेश साह रहेका थिए। प्रतियोगितामा निर्धारित विभिन्न शीर्षक तथा मापदण्डका आधारमा अंक प्रदान गरी प्राप्त कुल अंकका आधारमा उत्कृष्ट पाँच जना छनोट गरिएको लियो क्लब अफ जनकपुरधाम क्यापिटलका अध्यक्ष विकास साहले जानकारी दिए।


प्रतियोगितामा श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप)का सुमित कुमार झा प्रथम भएका छन्। उनले ट्याग नम्बर २८ बाट प्रतियोगितामा सहभागिता जनाएका थिए।

त्यस्तै सेन्ट जेभियर्स हाई स्कुलका मोहम्मद समीर आलम फर्स्ट रनरअप भएका छन्। उनको ट्याग नम्बर २० रहेको थियो।संस्कृति विद्या मन्दिरकी दृष्टि यादव सेकेन्ड रनरअप, डाफोडिल्स पब्लिक स्कुलका रौनक झा चौथो तथा शंकर शिशु सदन इङ्लिस बोर्डिङ स्कुलकी कोमल साह पाँचौँ स्थानमा सफल भएका छन्। प्रतियोगिताको नतिजा सार्वजनिक गर्दै आयोजकले उत्कृष्ट पाँचै जना विद्यार्थीको प्रतिभाको प्रशंसा गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सभाका सभामुख रामआशीष यादवले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताए।

उनले विद्यालयमा अध्ययनसँगै विद्यार्थीलाई साहित्य, कला, सिर्जनशीलता र सामाजिक गतिविधिमा सहभागी गराउनुपर्नेमा जोड दिए। कविता लेखन तथा वाचनले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै आफ्ना विचार र भावना अभिव्यक्त गर्ने क्षमता विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

सभामुख यादवले युवा पुस्तामा साहित्यप्रतिको रुचि बढाउन लियो क्लबले सञ्चालन गरेको ‘स्ट्रिट पोएट्री’जस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए। उनले जनकपुरधाम साहित्य र संस्कृतिको महत्वपूर्ण भूमि भएकाले यहाँका युवाको प्रतिभालाई प्रोत्साहन गर्न सबै पक्षले सहयोग गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर लालकिशोर साहले विद्यार्थी तथा युवामा लुकेर रहेको प्रतिभा पहिचान र विकासका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए।

उनले प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई बधाई दिँदै जित र हारभन्दा पनि सहभागिता र आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर महत्वपूर्ण हुने बताए। साहित्य तथा सिर्जनात्मक क्षेत्रमा विद्यार्थीलाई अघि बढाउन विद्यालय, अभिभावक, सामाजिक संघसंस्था र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

पूर्वमेयर साहले जनकपुरधामको सांस्कृतिक तथा साहित्यिक पहिचानलाई अझ बलियो बनाउन युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिए। उनले लियो क्लबहरूले सामाजिक सेवासँगै विद्यार्थी तथा युवाको क्षमता विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्नु सकारात्मक भएको बताए।

कार्यक्रममा लायन्स क्लब अफ जनकपुरधामका अध्यक्ष प्रसून झा, पूर्वअध्यक्ष लायन ऋषिकेश शाह, रामबाबु रौनियार, लियो क्लब अफ जनकपुरधामका पूर्वअध्यक्ष तथा लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजका संस्थापक अध्यक्ष विकास साहलगायतको उपस्थिति रहेको थियो।

त्यस्तै लियो क्लब अफ जनकपुरधाम क्यापिटल, लियो क्लब अफ जनकपुरधाम, लियो क्लब अफ जनकपुरधाम मेडिको तथा लायन्स क्लब अफ जनकपुरधाम र लायन्स क्लब अफ जनकपुरधाम गार्गीका कार्यसमिति सदस्य तथा सदस्यहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको अध्यक्ष विकाश साहका अनुसार ‘स्ट्रिट पोएट्री’लाई आगामी दिनमा अझ व्यवस्थित र व्यापक बनाउँदै विद्यार्थी तथा युवाको साहित्यिक प्रतिभा उजागर गर्ने अभियानका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

अब एटीएममै पाइन्छ १०० का नोट

अब एटीएममै पाइन्छ १०० का नोट

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै

प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै

भन्सार छली गरेर भित्र्याइएका ११ लाखका लत्ताकपडा प्रहरीको नियन्त्रणमा

भन्सार छली गरेर भित्र्याइएका ११ लाखका लत्ताकपडा प्रहरीको नियन्त्रणमा

चिनियाँ वनस्पतिविद् जसले कैद गरे पाँच लाख २० हजार वनस्पति र बदलिँदो भू-दृश्यकाे तस्विर

चिनियाँ वनस्पतिविद् जसले कैद गरे पाँच लाख २० हजार वनस्पति र बदलिँदो भू-दृश्यकाे तस्विर

त्रिशूलीमा बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनःनिर्माण तीव्र, ५ वटा पुल महिनाभित्रै बनिसक्ने

त्रिशूलीमा बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनःनिर्माण तीव्र, ५ वटा पुल महिनाभित्रै बनिसक्ने

ब्रिक्स देश डलरकाे सट्टा ‘ब्रिक्स पे’ परियोजना लागु गर्दै, सेप्टेम्बरवाटै सुरू हुन सक्ने

ब्रिक्स देश डलरकाे सट्टा ‘ब्रिक्स पे’ परियोजना लागु गर्दै, सेप्टेम्बरवाटै सुरू हुन सक्ने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि