काठमाडौं/२५ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले बिहीबार दिउँसो प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।
‘मन्त्री यादवज्यूले ब्यक्तिगत कारणले राजीनामा बुझाउनुभएको हो। उहाँले आफ्नो कार्यकालमा मन्त्रालयको जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राप्त सहयोग, सहकार्य र सद्भावका लागि सम्बन्धित सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ,’ यादवको निजी सचिवालयले भनेको छ ।
बुधबार प्रतिनिधिसभाको उद्योग समितिको बैठकमा दिएको अभिव्यक्ति नै यादवको मन्त्री पद जानुको मुख्य कारण बनेको छ । यादवले ‘उद्योगीहरूलाई पाता नफर्कासम्म खाना पकाउने ग्यासको अभाव टर्दैन’ भनेकी थिइन् । उनको अभिव्यक्तिलाई लिएर निजी क्षेत्र आन्दोलित बन्न पुगेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल ग्यास उद्योग संघलगायतले मन्त्री यादवले कि त प्रमाण दिनुपर्ने, नभए माफी माग्नुपर्ने अडान लिएका थिए । यादव गत चैतमा उद्याेग मन्त्री नियुक्त भएकी थिइन् । ६ महिनामै उनकाे पद गुमेकाे छ ।















Discussion about this post