काठमाडौं/भदौ २४ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ पेस गर्न अनुमति माग्ने र विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
साथै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछिन्। बैठकमा एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावसमेत पेस हुने संसद् सचिवालयले जनाएको छ।















Discussion about this post