nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बालोन डी’ओरको दौडमा एम्बाप्पे अंग्रपंक्तिमा, अरू तीन पनि कमजाेर छैनन

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २३, २०८३, ११:१७ बिहान
बालोन डी’ओरको दौडमा एम्बाप्पे अंग्रपंक्तिमा, अरू तीन पनि कमजाेर छैनन

काठमाडौँ/भदौ २३ गते। रियल मड्रिडका फरवार्ड किलियन एम्बाप्पेले पहिलो पटक प्रतिष्ठित ‘बालोन डी’ओर’ उपाधि जित्नका लागि यो वर्ष आफ्नो पक्षमा अनुकूल हुन सक्ने बताएका छन्।

२७ वर्षीय फ्रान्सेली स्टारले गत सिजन आफ्नो क्लबका लागि ४४ खेलमा ४२ गोल गरे पनि टोलीलाई कुनै उपाधि दिलाउन सकेका थिएनन्। यद्यपि, विश्वकपमा १० गोल गर्दै ‘गोल्डेन बुट’ जितेका उनले विश्वकप इतिहासमै आफ्नो कुल गोल संख्या कीर्तिमानी २२ पुर्याएका थिए। उक्त प्रतियोगितामा फ्रान्स चौथो स्थानमा सीमित बनेको थियो।

विश्वकै उत्कृष्ट क्लब रियल मड्रिडबाट खेल्दा मानिसहरूले स्वाभाविक रूपमा बालोन डी’ओरसँग जोडेर हेर्ने उनी बताउँछन्। “धेरै मानिसहरू म र बालोन डी’ओरका बारेमा कुरा गर्छन्। मैले सबैभन्दा महत्त्वपूर्ण प्रतियोगितामा इतिहास रचेको छु, त्यसैले यो वर्ष मेरा लागि राम्रो हुन सक्छ तर पत्रकारहरूले आफ्नो सोचअनुसार मतदान गर्ने हुन्,” एम्बाप्पेले भने।

उनले आफूलाई सधैँ उत्कृष्ट खेलाडी ठान्ने भए पनि अरूको धारणा फरक हुन सक्ने र यसमा बहस गरिरहन आवश्यक नरहेको बताए। यसअघि पेरिस सेन्ट-जर्मेन (पीएसजी) मा छँदा सन् २०२३ मा बालोन डी’ओरको वरीयतामा तेस्रो स्थान हासिल गर्नु नै एम्बाप्पेको अहिलेसम्मको उच्च नतिजा हो।

मोनाकोबाट व्यावसायिक खेल जीवन सुरु गरेका फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे पेरिस सेन्ट-जर्मेन (PSG) र फ्रान्सेली राष्ट्रिय टोली दुवैका लागि सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। उनले पीएसजीका लागि ३०८ खेलमा २५६ गोल तथा फ्रान्सका लागि १०६ खेलमा ६६ गोल गरिसकेका छन्।

स्पेनिस क्लब रियल म्याड्रिड पुगेका उनले हालसम्म १०७ खेलमा ९० गोल गरिसकेका छन्। तर, बर्नाबेउमा दुई वर्ष बिताउँदा पनि उनले टोलीलाई कुनै ठूलो उपाधि दिलाउन सकेका छैनन्।

व्यक्तिगत रूपमा भने एमबाप्पेले लगातार आठ पटक लिग ‘गोल्डेन बुट’ जितेका छन्, जसमा फ्रान्सेली लिग वानमा ६ र स्पेनिस ला लिगामा २ पटक समावेश छन्। यसका साथै उनले विश्वकपमा दुई र च्याम्पियन्स लिगमा दुई पटक गोल्डेन बुट हात पारेका छन्। सन् २०१८ मा फ्रान्ससँग विश्वकप जितेका उनले क्लब स्तरमा भने हालसम्म च्याम्पियन्स लिगको उपाधि उचाल्न पाएका छैनन्।

रोचक त के छ भने, एमबाप्पे रहँदा कहिल्यै च्याम्पियन्स लिग नजितेको पीएसजीले उनी बाहिरिएपछिका दुवै सिजनमा यो उपाधि जितेको छ। आफू बिना नै पूर्व क्लबले पाएको सफलताबारे बोल्दै एमबाप्पेले भने, “म यसलाई परिवर्तन गर्न सक्दिनँ। सत्य त के हो भने मलाई यसको खासै वास्ता छैन। मलाई फुटबलको विश्लेषण गर्न आउँछ र यसको कारण पनि थाहा छ। मलाई फुटबलका सबै कुरा थाहा नभए पनि धेरैजसो मानिसभन्दा बढी जानकारी छ।”

रियलले हालैका दिनमा सोचेजस्तो उपाधि जित्न नसकेको विषयमा उनले थपे, “रियल म्याड्रिडको अनुभवले मलाई धेरै लामो समयको योजना नबनाउन सिकाएको छ, किनभने यहाँ धेरै कुरा परिवर्तन हुन सक्छन्। म अहिले कसरी तयार हुने, टोलीलाई जित दिलाउन कसरी मद्दत गर्ने र च्याम्पियन्स लिगको सुरुवात कसरी राम्रो गर्ने भन्नेबारे मात्र सोचिरहेको छु।”

अक्टोबर २६ मा प्रदान गरिने यस अवार्डको दौडमा एम्बाप्पेबाहेक अन्य तीन खेलाडीलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ।

ह्यारी केन: गत सिजन जर्मन क्लब बायर्न म्युनिखका लागि ५१ खेलमा ६१ गोल गर्दै टोलीलाई ‘डबल’ उपाधि दिलाएका र विश्वकपमा ६ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केनलाई जितको प्रमुख दाबेदार मानिएको छ।

लामिन यामल: बार्सिलोनासँग ला लिगा र स्पेनसँग विश्वकप जितेका युवा स्टार लामिन यामल दोस्रो दाबेदारका रूपमा रहेका छन्।

रोड्री: यामलका क्लब तथा राष्ट्रिय टोलीका सहकर्मी एवं म्यानचेस्टर सिटीका पूर्व खेलाडी रोड्री पनि दाबेदारीको अग्रपंक्तिमा छन्।

Tags: खेलकुद

Discussion about this post

Related Posts

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान

जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान

एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजा-आराधना

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजा-आराधना

जेनजी आन्दोलनः अधिकांश संरचनाको मर्मत सम्पन्न

जेनजी आन्दोलनः अधिकांश संरचनाको मर्मत सम्पन्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि