nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाली पहलवान त्रिलोकी यादव विश्व नोमाङ गेम्समा पाँचौं स्थानमा

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २१, २०८३, ६:५८ मध्यान्ह
नेपाली पहलवान त्रिलोकी यादव विश्व नोमाङ गेम्समा पाँचौं स्थानमा

सञ्जय मिश्रा/रौतहट/भदौ २१ गते। नेपाली कुस्ती खेलाडी त्रिलोकीप्रसाद यादवले किर्गिस्तानमा आयोजित छैटौँ विश्व नोमाड गेम्स–२०२६ मा पाँचौँ स्थान हासिल गरेका छन् ।

कुस्ती पहलवानीतर्फ प्रतिस्पर्धा गरेका यादवले इन्डोनेसिया र अफगानिस्तानका खेलाडीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए ।

सेमिफाइनलमा आयोजक काजकिस्तानका खेलाडीसँग पराजित भएपछि उनी प्रतियोगितामा पाँचौँ स्थानमा सीमित भएका हुन् ।

रौतहटको गरुडा नगरपालिका पिपरिया गाउँ घर भएका यादवले पुरुषतर्फ १०० केजीभन्दा माथिको तौल समूहमा नेपालका तर्फबाट प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ८५ देशका खेलाडी सहभागी रहेको र कुस्ती विधामा मात्रै ६५ देशका खेलाडीको सहभागिता रहेको यादवले जनाएका छन् ।

अगस्ट ३१ देखि सेप्टेम्बर ६ तारिखसम्म आयोजना गरिएको विश्वस्तरीय कुस्ती तथा बेल्ट रेस्लिङ प्रतियोगितामा नेपाली टोलीले सहभागिता जनाएको हो । यादवसँगै नेपाली टोलीलाई प्रशिक्षकका रूपमा मुम्ताज अली इद्रिसीले साथ दिएका थिए ।

विश्वस्तरीय प्रतियोगितामा नेपाली खेलाडीले प्रभावशाली प्रदर्शन गर्दै पाँचौँ स्थान हासिल गर्नु नेपाली कुस्तीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अवसरले नेपाली खेलाडीको अनुभव र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका थिए । बिदाइ कार्यक्रममा नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी, महासचिव खगेन्द्रबहादुर बस्नेतलगायत खेल पदाधिकारीको उपस्थिति थियो ।

बिदाइका क्रममा खेल पदाधिकारीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका यादवलाई सफलताको शुभकामना दिएका थिए ।

सीमित स्रोतसाधनका बीच नेपाली कुस्ती खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै आएका छन् । विश्वस्तरीय प्रतियोगिताबाट प्राप्त अनुभवले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।

Tags: खेलकुद

Discussion about this post

Related Posts

कर्णालीमा बहु अपाङ्गता भएकालाई `घरमै बिधालय´ सुरू हुदैँ

कर्णालीमा बहु अपाङ्गता भएकालाई `घरमै बिधालय´ सुरू हुदैँ

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

अनुहार जलाउने तेजाबले जलाउन सकेन सात बर्ष पछि पनि मुस्कानको साहस

अनुहार जलाउने तेजाबले जलाउन सकेन सात बर्ष पछि पनि मुस्कानको साहस

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसमा जनकचोकमा दीप प्रज्वलन

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसमा जनकचोकमा दीप प्रज्वलन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि