nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २१, २०८३, १२:४६ मध्यान्ह
रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमामस्को, २१ भदौ । युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई गति दिने उद्देश्यले सप्ताहान्तमा हुन लागेको वार्ताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई उच्च दूत मस्को आइपुगेका छन्।

स्टिभ विटकफ र जारेड कुशनर शनिबार रुसी राजधानी आइपुगेका हुन्। उनीहरूले त्यहाँ वार्ता गर्नेछन् र त्यसपछि आइतबार युक्रेनसँग छलफल गर्न किभ जाने कार्यक्रम छ।

ट्रम्पले शुक्रबार पत्रकारहरूलाई बताए अनुसार उनीहरू “युद्ध अन्त्य गर्ने प्रस्ताव लिएर” जाँदैछन्। अहिलेसम्म शान्ति सम्झौता गराउने अमेरिका र उसका सहयोगीहरूको प्रयासले कुनै ठोस नतिजा भने दिन सकेको छैन।

अमेरिकी समाचार संस्था ‘एक्सियोस’ का अनुसार अमेरिकी दूतहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की दुवैसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

मस्कोको भ्नुकोभो विमानस्थलमा अवतरण गरेपछि रुसी कूटनीतिज्ञ किरिल दिमित्रिभले विटकफ र कुशनरलाई स्वागत गरेको तस्बिर सार्वजनिक भएको छ। उडान ट्र्याकिङ तथ्याङ्कले देखाए अनुसार अमेरिकी सरकारको एउटा विमान फिनल्याण्डको हेलसिंकीबाट त्यहाँ आइपुगेको थियो। सो विमान त्यसअघि सोही दिन अमेरिकाबाट हेलसिंकी उडेको थियो।

ट्रम्प पुनः सत्तामा आएयता ती दुई दूतहरू धेरै पटक मस्को गइसकेका छन् तर आइतबारको भ्रमण भने किभका लागि उनीहरूको पहिलो हुनेछ। पछिल्लो १८ महिनाको अवधिमा युक्रेनका प्रतिनिधिमण्डलहरूले अमेरिकामा भएका वार्ताहरूमा सहभागिता जनाएका छन्।

क्रेमलिनलाई उद्धृत गर्दै रुसी सरकारी सञ्चारमाध्यमले जनाएअनुसार अमेरिकी भ्रमणका कारण पुटिनले हिजाे मध्यरातदेखि तीन दिनसम्म किभमा कुनै पनि आक्रमण नगर्न आदेश दिएका छन्।

यसअघि शनिबार जेलेन्स्कीले बताएअनुसार अमेरिकासँगको प्रस्तावित भेटवार्ताअघि रुसले रातको समयमा किभ र बोरिस्पिलका विमानस्थलहरूमा “शक्ति प्रदर्शन गर्ने उद्देश्यले” आक्रमण गरेको थियो।

युक्रेनका राष्ट्रपतिले थपे, “स्पष्ट रूपमा विमानस्थलहरूमा गरिएका यी रुसी आक्रमणहरू अमेरिकी पक्षले युक्रेनको यात्रा गर्न र किभ वा बोरिस्पिल विमानस्थलमा अवतरण गर्न विमान प्रयोग गर्ने सम्भावनाबारे भएका छलफल र तयारीको प्रतिक्रिया हुन्।”

फेब्रुअरी २०२२ मा रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेयता युक्रेनको हवाई क्षेत्र बन्द गरिएको छ। जेलेन्स्कीले शुक्रबार प्रतिनिधिहरूको भ्रमणका क्रममा रुसी हवाई क्षेत्रको सुरक्षाको ग्यारेन्टी गर्ने बताउँदै रुसले पनि युक्रेनका लागि त्यस्तै गर्नुपर्ने आग्रह गरेका थिए । उनले निप्रो क्षेत्रमा सर्वसाधारणको भवनमा रुसले गरेको रातको आक्रमणमा परी चार जनाको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको पनि जानकारी दिए।

विटकफ र कुशनरको मस्को भ्रमण, सीआईए प्रमुख जोन र्याटक्लिफले रुसी राजधानीको गरेको दुर्लभ भ्रमणको एक साताभन्दा केही समयपछि भएको हो। के विषयमा छलफल भयो भन्नेबारे वासिङ्टन वा क्रेमलिनबाट कुनै आधिकारिक टिप्पणी आएको छैन। गत साता बोल्दै ट्रम्पले उक्त भेटवार्तालाई “अर्ध-नियमित” प्रकृतिको भनेका थिए।

गत वर्ष अमेरिका, युक्रेन र रुसले छुट्टाछुट्टै रूपमा अमेरिकी मध्यस्थताको वार्ता पछि युद्ध अन्त्य गर्ने सम्झौता नजिकिँदै गएको सङ्केत गरेका थिए। युरोपेली सहयोगीहरूले पनि पेरिसमा वार्ता गरेका थिए तर छलफल अन्ततः कुनै सफलता बिना नै समाप्त भएकाे थियो। युक्रेनका लागि भू-भाग र सुरक्षा ग्यारेन्टी जस्ता मुद्दाहरूमा युद्धरत पक्षहरूबीच प्रमुख असहमतिहरू कायम नै छन्।

हालैका महिनाहरूमा लडाइँ जारी रहँदा रूस र युक्रेन दुवैले आफ्नो हवाई आक्रमणलाई तीव्र बनाएका छन्। युक्रेनले इन्टरसेप्टर मिसाइलहरूको अभावका कारण आक्रमणहरू रोक्न संघर्ष गरिरहेको बताएको छ भने किभले आफ्नो आक्रमणलाई रूसी आर्थिक पूर्वाधारका लक्ष्यहरूमा केन्द्रित गरेको छ।

Tags: अन्तराष्ट्रिय

Discussion about this post

Related Posts

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

अनुहार जलाउने तेजाबले जलाउन सकेन सात बर्ष पछि पनि मुस्कानको साहस

अनुहार जलाउने तेजाबले जलाउन सकेन सात बर्ष पछि पनि मुस्कानको साहस

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसमा जनकचोकमा दीप प्रज्वलन

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसमा जनकचोकमा दीप प्रज्वलन

बर्दिबासमा फर्स्ट लियो लायन्स महिला फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा एभरेस्ट एकेडेमी सर्लाही विजयी

बर्दिबासमा फर्स्ट लियो लायन्स महिला फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा एभरेस्ट एकेडेमी सर्लाही विजयी

जनकपुरधाममा ३६५ दिन निःशुल्क भोजन सेवा सुरु

जनकपुरधाममा ३६५ दिन निःशुल्क भोजन सेवा सुरु

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि