जनकपुरधाम/भदौ २१ गते। मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवसको अवसरमा जनकपुरधामको जनकचोकमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो। मानव बेचबिखन तथा ओसारपसार नियंत्रण समिति(विरुद्ध) धनुषाको आयोजनामा शनिबार साँझ कार्यक्रम सम्पन्न भएको हो।

२०८३ साल भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण र चिरशान्तिका लागि दिमांगत आत्माप्रति मौनधारणसमेत गरेका थिए।
“प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता” भन्ने मूल नाराका साथ मनाइएको २०औं राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि प्रविधिको सुरक्षित प्रयोग, नागरिक सचेतना र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।
मानव बेचबिखन तथा ओसारपसार नियंत्रण(विरुद्ध)समिति धनुषाकाे अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल ज्यृले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मधेस प्रदेशसका सभामुख माननीय रामआशीष यादव, विशिष्ट अतिथि राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख बुद्धनारायण साहनी अतिथि इन्सेक मधेस संयाेजक राजु पासवान, माइती नेपाल धनुषाका संयोजक पुरुषोत्तम यादव, महिला अधिकारकर्मी रेखा झा, वरिष्ठ पत्रकार कैलाश दास, कायापलकका कार्यकारी निर्दशक दिवाकर उप्रेती लगायत अधिकारकर्मी तथा विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो।
विपद्का समयमा मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा हुनसक्ने भएकाले जोखिममा रहेका समुदायको सुरक्षाका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र सतर्कता आवश्यक रहेको सहभागीहरूले बताएका ।
उक्त श्रद्धाञ्जलीसभाले भोटेकोशी रसुवाको बाढीमा ज्यान गुमाएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणका लागि सामूहिक ऐक्यबद्धता व्यक्त समितिका सदस्य समेत रहेको माइती नेपाल धनुषाका प्रतिनिधि जानकारी गराइएको थियो।















Discussion about this post