nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज श्रीकृष्ण जन्माष्टमी, असत्यमाथि सत्यको जितका रूपमा मनाइँदै

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १९, २०८३, १:२० मध्यान्ह
आज श्रीकृष्ण जन्माष्टमी, असत्यमाथि सत्यको जितका रूपमा मनाइँदै

काठमाडाैं/भदाैं १९ गते। आज श्रीकृष्ण जन्माष्टमी । श्रीकृष्ण जन्माष्टमी (गोकुलाष्टमी) हिन्दू धर्मावलम्बीहरूका लागि एक अत्यन्तै महत्त्वपूर्ण र पवित्र पर्व हो।

श्रीकृष्ण जन्माष्टमी भगवान् विष्णुको आठौँ अवतार श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने अति पवित्र पर्व हो। पौराणिक र धार्मिक मान्यता अनुसार यस पर्वको पृष्ठभूमि द्वापर युगको कथासँग जोडिएको छ।

द्वापर युगमा मथुरामा अत्याचारी राजा कंसको शासन थियो। उसले आफ्ना पिता उग्रसेनलाई जेलमा हालेर राज्यसत्ता कब्जा गरेको थियो। जब कंसले आफ्नी बहिनी देवकीको विवाह यदुवंशी वासुदेवसँग गरिदियो, त्यही समयमा एउटा आकाशवाणी भयो, “हे कंस ! जुन बहिनीलाई तँ खुसीसाथ लैजाँदैछस्, त्यही देवकीको आठौँ सन्तानको हातबाट तेरो वध हुनेछ।”

आकाशवाणी सुनेर भयभीत कंसले देवकी र वासुदेवलाई तत्कालै कारागारमा थुनिदिए। उनीहरूबाट जन्मेका एक-एक गरी सातवटा सन्तानलाई कंसले जन्मनासाथ निर्ममतापूर्वक मारिदियो। तर,भाद्रकृष्ण अष्टमीको मध्यरात (मोहरात्री) मा रोहिणी नक्षत्रको शुभ योगमा भगवान् विष्णुले देवकीको कोखबाट श्रीकृष्णका रूपमा अवतार लिए। भगवानकाे लीला अनुसार त्यतिबेला कारागारका पहरेदारहरू निद्रामा परे, हत्कडी र कारागारका ढोकाहरू स्वतः खुलेका थिए । र, त्यसपछि पीता वासुदेवले श्रीकृष्णलाई गोकुलतर्फ लगे । भीषण वर्षा र उफनिरहेको यमुना नदीका बीच वासुदेवले शिशु कृष्णलाई टोकरीमा राखी गोकुल पुर्‍याएका थिए ।

त्यहाँ नन्द र यशोदाको काखमा श्रीकृष्णलाई छाडी, उता जन्मेकी नवजात कन्या (योगमाया)लाई लिएर वासुदेव कारागार फर्के। तर, कंसले ती कन्यालाई मार्न खोज्दा उनी आकाशमा उडेर भनिन्, “तँलाई मार्ने काेही जन्मिइसकेको छ र गोकुलमा सुरक्षित छ।” पछि गोकुलमा हुर्केका बालकृष्णले आफ्ना अनेक लीलाहरू (पुतना, कालियानाग, केशी आदिको उद्धार) देखाउँदै अन्ततः मामा कंशको संहार गरी मातापिता तथा प्रजालाई अत्याचारबाट मुक्ति दिलाएका थिए ।

खासमा भाद्रकृष्ण अष्टमीका दिन मध्यरात (निराजन समय) मा श्रीकृष्णको जन्म द्वापर युगमा मथुरामा भएको थियो। साेही दिनकाे सम्झनामा श्रीकृष्णा जन्माअष्टमी मनाउँने गरिएकाे छ। श्रीकृष्णले श्रीमद्भगवद्गीतामार्फत मानवजातिलाई निष्काम कर्म (फलको आशा नगरी कर्म गर्नु) र धर्मरक्षाको मार्ग देखाएका थिए ।  त्यसैले यो पर्वलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा उत्साहका साथ मनाइन्छ।

मनाउने तरिका:

व्रत तथा पूजा: भक्तजनहरू दिनभरि निराहार व्रत बस्छन् र मध्यरातमा कृष्णको जन्मोत्सव मनाई पूजा-आजा गरेपछि व्रत तोड्छन्।

झाँकी तथा कीर्तन: मठ-मन्दिरहरूमा कृष्णको बाललीला झल्किने झाँकीहरू प्रदर्शन गरिन्छन् र रातभर भजन-कीर्तन गरिन्छ।

नेपाल र भारतलगायत विश्वभरीका हिन्दुहरूले उत्सवकाे रूपमा मनाउँछन् । नेपालमा ललितपुरको प्रसिद्ध पाटन कृष्ण मन्दिर लगायत देशभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको ठूलो घुइँचो लाग्छ।

Tags: धर्म/संस्कृती

Discussion about this post

Related Posts

आज गौरा पर्व सुदूरपश्चिममा धूमधामका साथ मनाइँदै

आज गौरा पर्व सुदूरपश्चिममा धूमधामका साथ मनाइँदै

जलवायु परिवर्तनका प्रभाव कम गर्न जनकपुरधाममा वृक्षारोपण

जलवायु परिवर्तनका प्रभाव कम गर्न जनकपुरधाममा वृक्षारोपण

सुरक्षाकर्मी र स्थानिय तहका कर्मचारीको रकम नकाटः रामकुमारी झाक्री

सुरक्षाकर्मी र स्थानिय तहका कर्मचारीको रकम नकाटः रामकुमारी झाक्री

बर्षमानले दिए प्रधानमन्त्रीलाई १८ बुदेँ सुझाव

बर्षमानले दिए प्रधानमन्त्रीलाई १८ बुदेँ सुझाव

धनुषामा झाडीबाट गाँजा बरामद 

धनुषामा झाडीबाट गाँजा बरामद 

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पट मूर्खको खोजी तीव्र

विश्व सम्पदा सूचीको तयारीमा जानकी मन्दिर, आसपासको क्षेत्र ‘जोन ए’ मा संरक्षित

प्रशान्त महासागरमा एकैपटक तीन शक्तिशाली तूफान सक्रिय

प्रशान्त महासागरमा एकैपटक तीन शक्तिशाली तूफान सक्रिय

बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा,भदौ २३ गते पनि बिदा

भदौ २३ गते ’जेन्जी शहीद दिवस’ भन्दै सरकारले दियाे देशभर सार्वजनिक बिदा

भदौ २३ गते ’जेन्जी शहीद दिवस’ भन्दै सरकारले दियाे देशभर सार्वजनिक बिदा

मानव बेचबिखनविरुद्ध धनुषा जिल्ला समिति गठन, तीन संस्थालाई सदस्यमा मनोनयन

मानव बेचबिखनविरुद्ध धनुषा जिल्ला समिति गठन, तीन संस्थालाई सदस्यमा मनोनयन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि