रौतहट, २ भदौ । रौतहटको मौलापुर नगरपालिका ढल निर्माणमा मोडेल बन्दै गइरहेको छ।
मधेस प्रदेशको यसपालिकामा शिक्षा, स्वास्थ्य, यातायाता लगायतका क्षेत्र मात्रै नभई ढल निर्माणमा समेत नमुना कार्यले चर्चा पाएको छ ।
शुन्य करको नीति लिएको मौलापुर नगरपालिकामा फ्रि पानी, फ्रि बिजुली, छोरीको बिहेमा नगरपालिकाको सहयोगका साथै शिक्षा, स्वास्थ्य, यातायात, दलित बस्ती निर्माण लगायतका क्षेत्रमा नमुना काम निरन्तर जारी रहेकाले देशैभरीका बिभिन्न पालिकाले अध्ययन भ्रमण गर्दै आएका छन् ।
देशैभरी आफ्नो कामले चर्चामा रहेको मौलापुर नगरपालिकामा बर्षेनि विभिन्न पालिकाबाट अध्ययन भ्रमण गर्नुका साथै यहाँको काम हेर्न आउँनेको संख्या समेत बढदै गइरहेको मौलापुुर नगरपालिकाले जनाएको छ ।
यसैबीच करोड़ौ लागतमा मौलापुरले नगरपालिकाभित्र बिभिन्न ढल निर्माणको कार्य गरेको छ । केही ठाउँमा निर्माण कार्य सम्पन्न पनि भइसकेको छ भने केही ठाउँमा अझै निर्माण कार्य चलिरहेको छ । मौलापुरको यो ढल निर्माण कार्य अन्य कार्यक्रम जस्तै जिल्लाभरी चर्चा पाएको छ ।
स्थानीय सुरेन्द्र कुशवाहाले मौलापुर जस्तो ढल निर्माणको कार्य अन्य पालिकामा नदेखेको बताउदै खुशी व्यक्त गरे । ‘ढल निर्माणमा मात्रै नभई मौलापुर नगरपालिका अन्य विभिन्न क्षेत्रमा गर्दै आएको नमुना कार्यका कारण धेरै टाढाटाढाका जननिर्वाचित प्रतिनिधिहरु यहाँ हेर्न आउँने, सिक्न आउँने र आफ्नो पालिकामा समेत त्यसलाई कार्यान्वयन गर्ने भन्दै प्रतिबद्धता व्यक्त गरेको हामीले पाएका छौं,’ कुशवाहाले भने ।
तिब्र रुपमा अगाडी बढिरहेको ढल निर्माण कार्यको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साह निरीक्षण गरेकी छन् । मेयर साहले अन्य काम जस्तै ढल निर्माणको कार्य पनि नमुनाको रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिदै आएकी छन् । ढलको अभावमा दुख व्यहोर्दै आएका स्थानीयले अब समस्याबाट मुक्ति पाउँनेमा पालिकाले विश्वास गरेको छ ।
मौलापुर नगरपालिकाको ऐतिहासिक महादेव मन्दिर क्षेत्रमा पानी निकासका लागि ढल निर्माण कार्य द्रुत गतिमा अगाडि बढिरहेको छ । मेयर साहले सो कार्यको अनुगमन गरेकी छन् । ‘यो परियोजनाले पतौरा गाउँ र बजार क्षेत्रको डुबान समस्यालाई सधैंका लागि समाधान गरी स्थानीय जनतालाई ठूलो राहत दिनेछ,’ मेयर साहले खुशी व्यक्त गर्दै बताइन् ।
तराई मधेसमा ढलको अभावमा बर्षेनि लाखौं नागरिकले दुख भोग्दै आएका छन् । बर्षातको समयमा यो समस्या झन बढदै गएपछि नागरिले थप समस्या भोग्नुपर्ने बाध्यता छ । तर अब यो समस्याबाट मौलापुरबासीले मुक्ति पाउने भएका छन् ।















Discussion about this post