nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २५, २०८३, १०:३६ मध्यान्ह
तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

सञ्जय मिश्रा/रौतहट/साउन २५ गते।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारा जिल्लाको निजगढ–धन्सार खोला पुल नजिक सडकको अवस्था लामो समयदेखि जोखिमपूर्ण बन्दै गएको छ।

सडकमा देखिएको क्षति करिब तीन वर्षदेखि क्रमशः बढ्दै गए पनि त्यसको स्थायी समाधानतर्फ सम्बन्धित निकायले प्रभावकारी कदम नचालेको यात्रुहरूको गुनासो छ।

दिनहुँ हजारौँ सवारीसाधन गुड्ने देशकै प्रमुख राजमार्गमा सडकको एक भागमा भ्वाङ तथा क्षति देखिँदा समेत लामो समयसम्म मर्मत नहुनुले सडक सुरक्षा र सरकारी निकायको अनुगमनमाथि गम्भीर प्रश्न उठाएको छ।

यात्रु प्रितम कुमार मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत सडकको तस्वीर सार्वजनिक गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनले सडकको क्षति नयाँ नभएको र करिब तीन वर्षदेखि क्रमशः बिग्रिँदै गएको उल्लेख गर्दै तत्काल मर्मत गर्न माग गरेका छन्

सडकमा देखिएको सामान्य क्षति समयमै मर्मत गर्न सके ठूलो दुर्घटना रोक्न सकिन्छ। तर, मुख्य राजमार्गमै वर्षौँसम्म सडकको अवस्था जोखिमपूर्ण रहनुले सम्बन्धित सडक कार्यालय तथा जिम्मेवार निकायको नियमित अनुगमन कति प्रभावकारी छ भन्ने प्रश्न उठेको छ।

विशेषगरी वर्षायाममा पानी जम्ने तथा सडकको भित्री संरचना कमजोर हुने सम्भावना हुन्छ। त्यसमाथि दैनिक रूपमा हुने भारी सवारीसाधनको चापले अहिले सामान्य देखिएको क्षति समयमै नियन्त्रण नगरिए भोलि सडकको ठूलो भाग भासिन सक्ने वा अचानक सवारीसाधन दुर्घटनामा पर्ने अवस्था आउन सक्ने यात्रुहरूको चिन्ता छ।

महेन्द्र राजमार्ग पूर्वदेखि पश्चिमसम्मको यातायातको प्रमुख मेरुदण्ड हो। यस सडकमा हुने सानो कमजोरीले समेत ठूलो जनधनको क्षति निम्त्याउन सक्छ। विशेषगरी रातिको समयमा सडकमा रहेको भ्वाङ वा क्षतिग्रस्त भाग सहजै देख्न नसकिने भएकाले दुईपांग्रे सवारीसाधन बढी जोखिममा पर्न सक्छन्। तीव्र गतिमा गुड्ने बस, ट्रक तथा अन्य सवारीसाधनसमेत अचानक क्षतिग्रस्त भागमा पर्दा दुर्घटना हुन सक्ने सम्भावना रहन्छ।

त्यसैले ‘दुर्घटना भएपछि मात्रै मर्मत गर्ने कि दुर्घटना हुनुअघि नै जोखिम हटाउने ?’ भन्ने प्रश्न अहिले सम्बन्धित निकाय माथि उठेको छ।

यात्रु मिश्रले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेपछि लामो समयदेखि बेवास्तामा परेको भनिएको सडकको अवस्थाबारे फेरि बहस सुरु भएको छ।
सडकको क्षति देख्दादेख्दै पनि वर्षौँसम्म मर्मत नहुनु सामान्य विषय होइन। सडकको नियमित निरीक्षण, जोखिमयुक्त स्थानको पहिचान र समयमै मर्मत गर्ने जिम्मेवारी सम्बन्धित निकायको भए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिन्छ।

अब प्रश्न उठेको छ- सडक भासिएपछि, ठूलो दुर्घटना भएपछि वा मानवीय क्षति भएपछि मात्रै सम्बन्धित निकायको ध्यान जाने हो ?  निजगढ–धन्सार खोला पुल नजिकको क्षतिग्रस्त सडकको तत्काल प्राविधिक निरीक्षण गरी क्षतिको वास्तविक अवस्था पहिचान गर्नुपर्ने यात्रु तथा स्थानीयको माग छ।

सडकको बाहिरी भाग मात्रै टालटुल गर्नेभन्दा क्षतिको मूल कारण पहिचान गरी आवश्यकताअनुसार स्थायी मर्मत तथा पुनर्निर्माण गर्नुपर्ने देखिन्छ। मुख्य राजमार्गमा वर्षौँदेखि जोखिम निम्त्याइरहेको सडकको अवस्था तत्काल सुधार नगर्ने हो भने सम्भावित दुर्घटनाको जोखिम झन् बढ्नेछ।

सडकमा दुर्घटना नहुँदासम्म पर्खने कि दुर्घटना हुनुअघि नै जिम्मेवार निकायले आफ्नो दायित्व पूरा गर्न अब सम्बन्धित निकायले यसको जवाफ दिनुपर्ने बेला आएको छ।

Tags: मधेश प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा आठवटै जिल्लाका बाल क्लब सञ्जालका पदाधिकारीका लागि क्षमता विकास तालिम सुरु

जनकपुरधाममा आठवटै जिल्लाका बाल क्लब सञ्जालका पदाधिकारीका लागि क्षमता विकास तालिम सुरु

जनकपुरधाम घरजग्गा व्यवसायी संघद्वारा दीपावली, छठ र सामाचकेवाको शुभकामना आदान–प्रदान कार्यक्रम

जनकपुरधाम घरजग्गा व्यवसायी संघद्वारा दीपावली, छठ र सामाचकेवाको शुभकामना आदान–प्रदान कार्यक्रम

युवा मार्गचित्र २०४० सम्बन्धी प्रदेशस्तरीय परामर्श तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

युवा मार्गचित्र २०४० सम्बन्धी प्रदेशस्तरीय परामर्श तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

स्वास्थ्य क्षेत्रका कमजोरी पहिचान गरी सुधार गर्न मन्त्री साहको जोड

स्वास्थ्य क्षेत्रका कमजोरी पहिचान गरी सुधार गर्न मन्त्री साहको जोड

‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेसको चेतावनी

‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेसको चेतावनी

भित्तामा कोरिएका पेन्सिलका दागहरू यसरी हटाउनुहाेस् सजिलै

भित्तामा कोरिएका पेन्सिलका दागहरू यसरी हटाउनुहाेस् सजिलै

समाचार कक्षमै प्रहरी: पत्रकार पक्राउ प्रकरणले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न

समाचार कक्षमै प्रहरी: पत्रकार पक्राउ प्रकरणले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि