काठमाडौं/साउन १३ गते । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले ९ वटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । बैठकले संवैधानिक निकायका पदाधिकारीको सेवा–सुविधा, खानी तथा खनिज, संक्रामक पशुरोग नियन्त्रण, राहदानी, मानव बेचबिखन नियन्त्रण, बालश्रम, आन्तरिक वायुसेवा, मेलमिलाप र निजामती कर्मचारीसम्बन्धी कानुन संशोधनका विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको हो ।
यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा तोकिएका अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा ऐडराज दाहाललाई सदस्य मनोनयन गर्ने तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् -सीटीईभीटी- छैटौं संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।














Discussion about this post