काठमाडौँ/असार ३१ गते। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले २ लाख ३१ हजार ३७४ कित्ता संस्थापक समूहको सेयर बिक्रीका लागि खुला गरेको छ। बैंकले सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनी तथा सर्वसाधारण लगानीकर्ताका लागि छुट्टाछुट्टै व्यवस्थाअनुसार आवेदन आह्वान गरेको हो।
बैंकका अनुसार बिक्रीमा राखिएको कुल सेयरमध्ये १ लाख ६२ हजार ५२४ कित्ता सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्। बाँकी ६८ हजार ८५० कित्ता संस्थापक सेयर भने प्रचलित व्यवस्था अनुसार सर्वसाधारण लगानीकर्ताले पनि खरिदका लागि आवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बैंकको केन्द्रीय कार्यालय धरान, सुनसरी वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा आवश्यक कागजातसहित आवेदन बुझाउनुपर्नेछ। सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गरिसक्नुपर्ने बैंकले जनाएको छ।
बैंकले निर्धारित अवधिभित्र प्राप्त आवेदनका आधारमा संस्थापक सेयर बिक्री प्रक्रिया अगाडि बढाउने जनाएको छ। संस्थापक समूहको सेयरमा लगानी गर्न चाहने योग्य लगानीकर्ताका लागि यो अवसर भएकाले समयसीमा भित्र आवेदन दिन बैंकले आग्रह गरेको छ।















Discussion about this post