काठमाडौं/असार २८ गते । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको हो।
अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारको नयाँ मूल्यअनुसार १० ग्राम सुनको भाउ २ लाख ४६ हजार ९५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सुनको मूल्यमा सामान्य सुधार देखिए पनि चाँदीको भाउ भने ओरालो लागेको छ। आइतबार चाँदी प्रतितोला ३५ रुपैयाँले सस्तो हुँदै ४ हजार ४७५ रुपैयाँमा कारोबार हुने भएको छ।
अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढाव र विनिमयदरको प्रभावका कारण स्थानीय बजारमा सुन–चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको व्यवसायीहरू बताउँछन्।















Discussion about this post