काठमाडौं/असार २२ गते । वैभव सूर्यवंशी भारतका लागि डेब्यु गर्ने सबैभन्दा कान्छा क्रिकेटर बनेका छन्। उनले १५ वर्ष ९९ दिनको उमेरमा आफ्नो पहिलो खेल खेल्दै सचिन तेन्दुलकर र शेफाली वर्माको नाममा रहेको यसअघिको कीर्तिमान पनि तोडेका छन्।
म्यानचेस्टरमा तिलक वर्माले वैभवलाई ‘डेब्यु क्याप’ प्रदान गरे, यो क्षणले वैभवलाई भावुक बनाएको देखिन्थ्यो ।यद्यपि, उनको पहिलो अन्तर्राष्ट्रिय खेलको अन्त्य भने सुखद रहेन किनकि इङ्ल्यान्डले चार विकेट गुमाएर १९१ रनको लक्ष्य सफलतापूर्वक पूरा गरिदियो ।
टी–२० मा भारतविरुद्ध इङ्ल्यान्डले सफलतापूर्वक पूरा गरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य थियो। यस खेलमा धेरै अविस्मरणीय क्षण र कीर्तिमानहरू बनेका छन ।
तर पनि वैभव अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्ने भारतका सबैभन्दा कान्छा क्रिकेटर भने बनेका छन । उनले १५ वर्ष ९९ दिनको उमेरमा आफ्नो पहिलो खेल खेलेका हुन् । वैभवले शफाली वर्मा र सचिन तेन्दुलकरको कीर्तिमान तोडिदिए, शफालीले १५ वर्ष २३९ दिनको उमेरमा भारतका लागि डेब्यु गरेकी थिए भने सचिनले १६ वर्ष २०५ दिनको उमेरमा आफ्नो पहिलो खेल खेलेका थिए।
त्यसो त वैभव अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने चौथो कान्छा खेलाडी पनि बनेका छन्। महिलातर्फ जर्सीकी निया शार्लोट ग्रेग अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सबैभन्दा कान्छी खेलाडी हुन्, उनले सन् २०१९ मा ११ वर्ष ४० दिनको उमेरमा आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेलेकी थिइन्। सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको कीर्तिमान उनीहरूको नाममा छ।
पुरुषतर्फ रोमानियाका मारियन घेरासिम अन्तर्राष्ट्रिय डेब्यु गर्ने सबैभन्दा कम उमेरका पुरुष क्रिकेटर हुन्, उनले सन् २०२० मा १४ वर्ष १६ दिनको उमेरमा आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए।
त्यसो त वैभव आफ्नो टी–२० डेब्युमा ‘स्टम्प आउट’ हुने पहिलो भारतीय खेलाडी बने। उनलाई विल ज्याक्सको बलिङमा जस बटलरले ‘स्टम्प आउट’ गरेका थिए। वैभवले १० बलमा १४ रन बनाएर आउट भएका छन् ।















Discussion about this post