पेरिस/असार १६ गते। युरोप हाल रेकर्ड तोड्ने गर्मीको चपेटामा परेको छ।
दक्षिणपश्चिम युरोपबाट सुरु भएको यो गम्भीर गर्मीको लहर अहिले पूर्वी युरोपसम्ममा फैलिएको छ, जसले दैनिक नयाँ तापक्रम रेकर्डहरू कायम गरिरहेको छ। फ्रान्स, इटाली, स्पेन, पोल्याण्ड, चेक गणतन्त्र र लिथुआनियालगायत धेरै युरोपियन देशहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।््
यस तातो हावाको लहरका कारण हालसम्म युरोपमा कम्तीमा १,३०० जनाको ज्यान गइसकेको छ, जसमा फ्रान्समा मात्रै १,००० भन्दा बढीको मृत्यु भएको तथ्याङ्क सार्बजनिक भएको छ। विश्व स्वास्थ्य संगठनले यो संख्या अझ बढ्न सक्ने चेतावनी दिएको छ किनकि अस्पताल र घरहरूमा भएका मृत्युसम्बन्धी पूर्ण विवरणहरू आउन बाँकी नै रहेको छ ।
फ्रान्सले यस गर्मीको सबैभन्दा गम्भीर प्रभाव भोगेको छ। देशको जनस्वास्थ्य एजेन्सी सान्टे पब्लिक फ्रान्सले आइतबार घोषणा गरेको थियो कि जुन २४ देखि एक हजार भन्दा बढीको मृत्यु रेकर्ड गरिएका छन् । यी मृत्युहरू मुख्यतया गत हप्ताको सबैभन्दा तातो तीन दिनमा भएका थिए।
यी मृत्युमध्ये ८५ प्रतिशत भन्दा बढी ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाहरू थिए। पेरिस र इले डे फ्रान्स क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। सबैभन्दा चिन्ताजनक कुरा के छ भने घरमै हुने मृत्युको संख्या सामान्य भन्दा ४० प्रतिशत बढी रहेकोछ । अर्को शब्दमा भन्नुपर्दा बिरामीहरू अस्पताल पुग्न असमर्थ भएकाले घरमै ज्यान गुमाएका थिए ।
फ्रान्सेली स्वास्थ्य एजेन्सीका अनुसार यी प्रारम्भिक तथ्याङ्क भएको चेतावनी दिएको छ। अस्पताल, नर्सिङ होम र निजी आवासहरूमा मृत्युको पूर्ण रिपोर्टिङ पछि यो संख्या अझ बढ्न सक्छ। गर्मीको लहरको समयमा फ्रान्समा नदी, ताल र अन्य पानीका स्रोतहरूमा कम्तीमा ७४ जना डुबेर मृत्यु भएको छ। फ्रान्स राष्ट्रिय तापक्रम सूचकांक २९.८ डिग्री सेल्सियस पुगेको छ, जुन १९४७ मा मापन सुरु भएदेखिकै उच्च हो। फ्रान्सको सम्पूर्ण जनसंख्या लगभग ४४ करोड मानिसहरू गर्मी सतर्कतामा छन्।
डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेब्रियससले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा गरेको पोस्टमा उल्लेख गरेअनुसार जुन २१ यता युरोपभरि १ हजार ३०० भन्दा बढीको मृत्यु भएको छ। टेड्रोसले भने, ‘युरोप विश्वको सबैभन्दा छिटो तापक्रम बढ्ने महादेश हो, जुन विश्वव्यापी औसत दरभन्दा दोब्बरले तापिरहेको छ। हाल १५ करोड मानिसहरू अत्यधिक गर्मीमा बाँचिरहेका छन्, सयौंको मृत्यु भएको छ, विद्यालयहरू बन्द छन् र पावर ग्रिडहरूमा तनाव भइरहेको छ।’
डब्ल्यूएचओले युरोपेली देशहरूलाई प्रभावकारी ‘हीट हेल्थ एक्शन प्लान’ लागू गर्न आग्रह गरेको छ। डब्ल्यूएचओ र युरोपले हालै बर्लिनमा ‘हीट हेल्थ एक्शन प्लान’हरूमा आफ्नो नयाँ मार्गदर्शन अनावरण गरेका छन् । डब्ल्यूएचओका अनुसार विगत चार वर्षमा युरोपमा मात्र गर्मीका कारण २ लाख भन्दा बढी मानिसहरूको मृत्यु भएको छ।
प्रचण्ड गर्मीका कारण फ्रान्स र इटाली लगायत धेरै युरोपेली देशहरूमा एयर कन्डिसनर र पंखाको माग बढ्दै गएको छ। युरोपका धेरैजसो घरहरू अत्यधिक गर्मी सहन सक्ने गरी डिजाइन गरिएका छैनन् र त्यहाँ एयर कन्डिसनरको प्रवेश दर धेरै कम रहेको छ।
क्यारेफोर र अमेजनजस्ता प्रमुख खुद्रा विक्रेताहरूमा पंखा र एयर कन्डिसनरको बिक्री बढेको छ। प्राविधिकहरूले यति धेरै अर्डरहरू प्राप्त गरिरहेका छन् कि माग पूरा गर्न गाह्रो भएको छ। मित्सुबिशी इलेक्ट्रिकका अनुसार युरोपमा एयर कन्डिसनरको बिक्री धेरै बलियो भएको छ, विशेष गरी फ्रान्स, स्पेन, बेलायत र जर्मनीमा।
गर्मीको लहर अब पूर्वी युरोपमा फैलिएको छ, जसले दैनिक नयाँ रेकर्डहरू स्थापित गर्दैछ।
लिथुआनियाः दक्षिणी शहर ड्रस्किनिन्काईमा ३६.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो, जुन यो महिनाको लागि अहिलेसम्मकै उच्च तापक्रम हो। अघिल्लो रेकर्ड ३५.७ डिग्री सेल्सियस थियो।
चेक गणराज्यः राजधानी प्रागको उत्तरमा अवस्थित डोक्सानीमा ४१.१ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। यो लगातार दोस्रो दिनको लागि नयाँ रेकर्ड हो।
पोल्याण्डः सुबिस शहरमा ४०.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। यदि आधिकारिक रूपमा पुष्टि भयो भने यो देशमा अहिलेसम्मकै उच्चतम तापक्रम हुनेछ। राजधानी वार्सामा ३७.६ डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जसले २०१३ मा शहरको अघिल्लो रेकर्ड तोडेको छ।





















Discussion about this post