nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

सजिलो पोस्ट सजिलो पोस्ट
असार १५, २०८३, ९:२८ मध्यान्ह
धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

धनुषा/असार १५ गते । ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठानले धनुषाका विभिन्न स्थानीय तहमा आर्थिक वर्ष २०८३/०८४ भरि जनचेतनामूलक अभियान सञ्चालन गर्ने भएको छ। बोक्सी प्रथाजस्ता अन्धविश्वास, लैङ्गिक हिंसा तथा सामाजिक विभेद न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

प्रतिष्ठानका राष्ट्रिय संयोजक कोविदशरण उपाध्यायले बोक्सीको आरोपमा हुने हिंसा, अपमान र अमानवीय व्यवहार अन्त्य गर्न प्रभावित समुदायमै पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार बोक्सीको आरोपमा घटना भएका बस्तीलाई प्राथमिकतामा राखी स्थानीयवासीसँग अन्तरक्रिया, कानुनी सचेतना तथा सामाजिक रूपान्तरणका गतिविधि सञ्चालन गरिनेछ।

उपाध्यायले बोक्सी प्रथाविरुद्ध कानुनी व्यवस्था भए पनि ग्रामीण क्षेत्रमा अन्धविश्वासका कारण महिलामाथि हिंसा र दुर्व्यवहारका घटना अझै भइरहेकाले समुदायस्तरमै चेतना विस्तार गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताए।

जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/०८३ मा बोक्सीको आरोपसँग सम्बन्धित पाँच वटा घटना दर्ता भएका छन्। प्रतिष्ठानले ती घटनासँग सम्बन्धित क्षेत्रलाई केन्द्रमा राखेर विद्यालय, समुदाय तथा स्थानीय सरोकारवालासँग सहकार्य गर्दै विशेष जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

प्रतिष्ठानका अनुसार अभियानको औपचारिक उद्घाटन प्रतिनिधिसभाकी उपसभामुख रुवी ठाकुरबाट गरिनेछ। अभियानअन्तर्गत बोक्सी प्रथाविरुद्ध कानुनी जानकारी, सामाजिक अन्तरक्रिया, विद्यालय केन्द्रित सचेतना, समुदायस्तरीय संवाद तथा लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिनेछन्।

नेपालमा ‘बोक्सी सम्बन्धी कसुर र सजाय ऐन, २०७२’ लागू भई बोक्सीको आरोप लगाउने, कुटपिट गर्ने वा अमानवीय व्यवहार गर्नेलाई कानुनी कारबाहीको व्यवस्था गरिएको छ। तर अन्धविश्वास र सामाजिक कुरीतिका कारण यस्ता घटना अझै पूर्ण रूपमा नियन्त्रण हुन नसकेको सरोकारवालाहरूको भनाइ छ।

प्रतिष्ठानले अभियानमार्फत अन्धविश्वासविरुद्ध सामाजिक जागरण फैलाउँदै हिंसामुक्त, विभेदरहित र मानवीय समाज निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

धनुषाको हर्दिनाथमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

धनुषाको हर्दिनाथमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

चलचित्र उद्योगमा आफ्नो समयका सम्झनाहरू

चलचित्र उद्योगमा आफ्नो समयका सम्झनाहरू

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!