जनकपुरधाम,माघ २१ गते।धनुषाको मिथिला नगरपालिकामा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।स्कारपियोको ठक्करबाट मिथिला नगरपालिका बस्ने अन्दाजी बर्ष २० को रोशन लामा र सोही ठाउँका २४ बर्षिय दिपेन्द्र महतो गम्भीर घाइते भएका थिए। तत्काल घाइते दुबैलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पातल जनकपुर पर्याएको थियो। उपचारको क्रममा दिपेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिइ घटनास्थलबाट स्कारपियो गाडि फरार भएपछि अक्रोशित स्थानीय वासीले करिव आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए।
इलाका प्रहरी कार्यालय ढल्केवरले मोटरसाइकललाई ठक्कर दिएर फरार भएको बा १३ च ८०३८ नम्बरका स्कारपियो गाडी २ घण्टापछि नियन्त्रणमा लिएको हो। धनुषाको मिथिला नगरपालिका ५ सानो विश्रामपुर स्थित पूर्वपश्चिम राजमार्गमा गएराति साढे ८ बजे ज ६ प २८३३ नम्बरको मोटरसाइकललाई स्कारपियो गाडीले ठक्कर दिइ फरार भएको थियो। स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार मध्ये एक जनाको मृत्यु भएको छ,भने एक जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिएका छन् ।





















Discussion about this post