nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

सजिलो पोस्ट सजिलो पोस्ट
असार ३, २०८३, १०:०९ मध्यान्ह
धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

धनुषा/असार ३ गते । सडक अनुशासनको पालना गराउने तथा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले धनुषा जिल्लामा बुधबारदेखि ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु गरिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको संयुक्त आयोजनामा सुरु गरिएको सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ जनकपुरधामको रामानन्द चोकबाट गरिएको हो ।

कार्यक्रमको उद्घाटन मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले गरेका थिए । फकिरा महतोले ट्राफिक नियमको पालना नगर्नु नै सवारी दुर्घटनाको प्रमुख कारण बनेको बताएका छन् ।
सडक सुरक्षा तथा ट्राफिक सचेतनामूलक सप्ताह कार्यक्रमको उद्घाटन गर्दै उनले सडक सुरक्षाका लागि बनाइएका ट्राफिक नियमहरूको पालना सबै सवारी चालकले अनिवार्य रूपमा गर्नुपर्नेमा जोड दिए ।

मन्त्री महतोले ट्राफिक नियम उल्लंघनका कारण सडक दुर्घटनाका घटना बढ्दै गएको उल्लेख गर्दै चालकहरूलाई जिम्मेवार र अनुशासित बन्न आग्रह गरे । सडक सञ्जालको विस्तारसँगै सवारी साधनको संख्या तीव्र रूपमा बढिरहेको र त्यसको प्रत्यक्ष प्रभाव दुर्घटनाको दरमा देखिएको उनको भनाइ थियो ।

‘सडक सुरक्षा ट्राफिक प्रहरीको मात्र जिम्मेवारी नभई यसमा चालक, यात्रु र आम नागरिक सबैको भूमिका महत्वपूर्ण हुन्छ,’ मन्त्री महतोले भने, ‘सडक प्रयोग गर्ने प्रत्येक व्यक्तिले नियम पालना गरे मात्र दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’

कार्यक्रममा मनोज साहले जनकपुरधाममा ई–रिक्साको संख्या तीव्र रूपमा बढ्दै गएको भन्दै चालकहरूलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्ने प्रक्रिया सहज बनाउन सम्बन्धित निकायसँग आग्रह गरे । उनले धेरै ई–रिक्सा चालकहरू लिखित परीक्षामा असफल हुने कारण बिना लाइसेन्स नै सवारी सञ्चालन गरिरहेको बताए । बढ्दो ई–रिक्सा सञ्चालनलाई व्यवस्थित गर्न चालक प्रशिक्षण, सचेतना तथा लाइसेन्स वितरण प्रक्रियामा सुधार आवश्यक रहेको उनको धारणा थियो ।

ज्ञानेन्द्र बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले ट्राफिक नियम उल्लंघन र सवारी दुर्घटनाका घटनामा भइरहेको वृद्धिप्रति चिन्ता व्यक्त गर्दै सडक सुरक्षामा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

ट्राफिक सप्ताहको अवसरमा रामानन्द चोकबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरी महेन्द्र नारायण निधि संग्रहालयमा पुगेर समापन गरिएको थियो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चालक तथा पैदल यात्रुसँग ‘एक मिनेट संवाद’, पर्चा–पम्प्लेट वितरण, जनचेतनामूलक अभियान लगायतका गतिविधि सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

र्‍यालीमा सहभागीहरूले ट्राफिक नियमको पालना, सुरक्षित यात्रा तथा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देश लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए । जनकपुरका विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सुर्य बहादुर शाहीले सडक सुरक्षा सुनिश्चित गर्न ट्राफिक प्रहरीको प्रयास मात्र पर्याप्त नहुने बताए । उनले चालक, यात्रु, पैदलयात्री तथा सम्पूर्ण नागरिकको साझा जिम्मेवारी र ट्राफिक नियमको पूर्ण पालनाले अधिकांश सवारी दुर्घटना रोक्न सकिने धारणा व्यक्त गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपाने, प्रहरी निरीक्षक मनोज यादवलगायतको उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार असार ९ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा ट्राफिक सचेतना अभिवृद्धि, सडक सुरक्षा प्रवर्द्धन तथा दुर्घटना न्यूनीकरणका विभिन्न जनचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ ।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

पुराना घरहरू भित्र आँगन किन हुन्थ्यो ? वास्तविक कारण छ धेरै रोचक

पुराना घरहरू भित्र आँगन किन हुन्थ्यो ? वास्तविक कारण छ धेरै रोचक

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

भारतीय एक जनजाती, जहाँ विवाह अगावै युवायुवतीसँगै बस्न पाउँछन्

भारतीय एक जनजाती, जहाँ विवाह अगावै युवायुवतीसँगै बस्न पाउँछन्

कांग्रेस प्रमुख सचेतककाे प्रश्नः चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?

कांग्रेस प्रमुख सचेतककाे प्रश्नः चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?

रौतहट प्रहरीको ठूलो उपलब्धि : एक महिनामै १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान बरामद

रौतहट प्रहरीको ठूलो उपलब्धि : एक महिनामै १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान बरामद

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गर्ने दुई जना पक्राउ

बोट एउटाः आँपका जात दुई वटा

बोट एउटाः आँपका जात दुई वटा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!