nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दिव्य विकास स्रोत केन्द्र (DDRC) द्वारा विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद अभियानको जनकपुरधाममा तीव्रता

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २४, २०८३, ९:५१ मध्यान्ह
दिव्य विकास स्रोत केन्द्र (DDRC) द्वारा विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद अभियानको जनकपुरधाममा तीव्रता

गिरिजानन्द साह/धनुषा/जेठ २४ गते । दिव्य विकास स्रोत केन्द्र (DDRC) द्वारा विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच जनकपुरधाममा अन्तरक्रियात्मक संवाद अभियानको तीव्रता दिदै आइतबार दिव्य विकास स्रोत केन्द्र (DDRC) को आयोजनामा गुनासो सुनवाई संयन्त्र सुदृढीकरण तथा विद्यालयसँग सम्बन्धित लैङ्गिक हिंसाका सवालमा विद्यालय, सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद कार्यक्रम जनकपुरधाम–४ स्थित रहेको श्री संकट मोचन देवशरन रामरती माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

बेलायत सरकारको आर्थिक सहयोग तथा पिपल इन नीड नेपालको साझेदारीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले सञ्चालन गरिरहेको “सुरक्षा तथा न्याय कार्यक्रम (Security and Justice Programme–SJP)” अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम जनकपुरधाम उपमहानगरपालिकामा सञ्चालन भइरहेको सुरक्षा तथा न्याय कार्यक्रमअन्तर्गत विद्यालयसँग सम्बन्धित लैङ्गिक हिंसाको रोकथाम तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम जनकपुरधाम उपमहानगरपालिका वडा न.- ४ का वडा अध्यक्ष सुरेश झाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमबारे प्रकाश पार्दै दिव्य विकास स्रोत केन्द्र (DDRC) का संयोजक जागेश्वर यादवले विद्यालय तहमा हुने लैङ्गिक हिंसाका घटनाहरू धेरैजसो लुकाइने भएकाले गुनासो सुनवाई संयन्त्रलाई प्रभावकारी बनाउनु अत्यन्त आवश्यक रहेको बताए। उनले विद्यार्थी, शिक्षक, अभिभावक तथा समुदायका व्यक्तिहरूलाई हिंसाका घटना भएमा खुलेर उजुरी दिन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

उनले सुरक्षा तथा न्याय कार्यक्रममार्फत जनकपुरधाम उपमहानगरपालिकाभित्र लैङ्गिक हिंसाको रोकथाम तथा प्रतिकार्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम, अभिमुखीकरण तथा समन्वयात्मक गतिविधिहरू सञ्चालन भइरहेको जानकारी दिए। विद्यालयस्तरमै सचेतना अभिवृद्धि गर्न सके हिंसाका घटनामा कमी ल्याउन सकिने उनको भनाइ थियो।

श्री संकट मोचन देवशरन रामरती माध्यमिक विद्यालयमा प्रधानाध्यापक शम्भु साहले मन्तव्य राख्दै विद्यालय केवल पढाइ हुने स्थान मात्र नभई विद्यार्थीहरूको व्यक्तित्व विकास र सुरक्षासँग प्रत्यक्ष जोडिएको संस्था भएकाले विद्यालयभित्र हुने कुनै पनि प्रकारको हिंसा तथा दुर्व्यवहारप्रति सबै पक्ष संवेदनशील हुनुपर्ने बताए। उनले विद्यार्थीहरूलाई सुरक्षित र हिंसामुक्त वातावरण उपलब्ध गराउन विद्यालय प्रशासन प्रतिबद्ध रहेको उल्लेख गरे।

त्यसैगरी,आरती भगतले विद्यालयमा हुने लैङ्गिक हिंसा, त्यसको प्रभाव तथा न्यूनीकरणका उपाय सम्बन्धी प्रस्तुतिकरण दिएका थिए। उनले विद्यालय, अभिभावक, सामुदायिक प्रहरी साझेदारी, न्यायिक समिति, GIEN, नागरिक समाज संस्था (CSO/CBOs), प्रहरी, OCMC तथा अन्य सेवा प्रदायक निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताइन्। विद्यालय क्षेत्रमा हुने मानसिक, शारीरिक तथा मौखिक हिंसाले विद्यार्थीको आत्मविश्वास, अध्ययन र भविष्यमा गम्भीर असर पार्ने भएकाले समयमै पहिचान र प्रतिकार्य आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा विद्यालयमा विद्यमान गुनासो सुनवाई संयन्त्रको अवस्था, चुनौती तथा प्रभावकारी सञ्चालनका उपायबारे समीक्षा गरिएको थियो। साथै विद्यालयसँग सम्बन्धित लैङ्गिक हिंसाका घटनालाई बालबालिकामैत्री तथा सुरक्षित सम्प्रेषण प्रणालीमार्फत सम्बोधन गर्ने, गोपनीयता, सुरक्षा र उत्तरदायित्व सुनिश्चित गर्ने तथा यस्ता विषयलाई विद्यालय सुधार योजना (SIP) मा समेत समावेश गर्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ का की सदस्यहरु, माइती नेपाल धनुषाका पुरुषोत्तम यादव लगायत विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका, सञ्चारकर्मी, संघसंस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयलाई लैङ्गिक हिंसामुक्त, सुरक्षित र समावेशी शिक्षण केन्द्रका रूपमा विकास गर्न सबै पक्षले साझा जिम्मेवारी वहन गर्नुपर्ने बताएका छ्न।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

शान्ति सुरक्षा व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : एसपी खड्का

शान्ति सुरक्षा व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : एसपी खड्का

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!