nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

न्याय सहज, सरल र सुलभ हुनुपर्नेमा जोड

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २६, २०८३, ९:४० मध्यान्ह
न्याय सहज, सरल र सुलभ हुनुपर्नेमा जोड

धनुषा/बैशाख २६ गते। मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले न्याय प्रणालीलाई प्रभावकारी बनाउन कानूनी भाषा तथा प्रक्रिया दुवैलाई सरल बनाउन आवश्यक रहेको बताएका छन् ।

उच्च अदालत जनकपुरद्वारा आयोजित न्यायिक महोत्सवको उद्घाटन गर्दै उनले ढिलो, महँगो र झन्झटपूर्ण न्याय प्रणालीले कानूनी शासनप्रतिको जनविश्वास कमजोर बन्ने धारणा व्यक्त गरे ।
प्रदेश प्रमुख लाभले कानून र न्यायबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै कानून समाजको ऐना भए न्याय त्यसको वास्तविक प्रतिबिम्ब हुने बताए । उनका अनुसार नागरिकले सजिलै बुझ्न सक्ने कानूनी व्यवस्था र सहज पहुँचयुक्त न्याय प्रणाली निर्माण गर्नु आजको आवश्यकता हो ।

उनले नेपालमा प्रयोग हुने कानूनी भाषा अत्यन्त जटिल रहेको उल्लेख गर्दै त्यसले सर्वसाधारणलाई न्यायिक प्रक्रियाबाट टाढा बनाउने गरेको धारणा राखे । प्रदेश प्रमुख लाभले अदालतप्रति जनविश्वास अभिवृद्धि गर्न न्याय सम्पादन प्रक्रियालाई अझ पारदर्शी र जनमैत्री बनाउनुपर्नेमा जोड दिए । साथै उच्च अदालत जनकपुरले नागरिकलाई न्यायिक प्रक्रियाबारे जानकारी दिने उद्देश्यले न्यायिक महोत्सव आयोजना गरेकोप्रति प्रशंसा गरे । उनका अनुसार यस्ता कार्यक्रमले अदालत र नागरिकबीचको दूरी घटाउन सहयोग पुग्नेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्तिको विषयलाई उल्लेख गर्दै सरकारले अपनाएको प्रक्रिया परिणाममुखी साबित होस् भन्ने अपेक्षा व्यक्त गरे । उनले प्रधान न्यायाधीश सिफारिसमा विगतको परम्परा तोडिएको चर्चा गर्दै सरकारले कार्यसम्पादन र क्षमतालाई आधार बनाएको दाबी गरेकाले त्यसको सकारात्मक परिणाम देखिनुपर्ने बताए । मुख्यमन्त्री यादवले न्यायपालिका स्वतन्त्र र निष्पक्ष रहनुपर्नेमा जोड दिँदै कार्यपालिकाको प्रभावबाट मुक्त न्याय प्रणाली लोकतन्त्रको आधार भएको धारणा राखे । उनले न्यायालयमाथि जनताको भरोसा कायम राख्न नियुक्ति प्रक्रिया पारदर्शी र जिम्मेवार हुनुपर्ने बताए ।

न्यायिक महोत्सवमा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादव, उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर, विभिन्न न्यायाधीश, वरिष्ठ अधिवक्ता, कानूनी व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उच्च अदालत जनकपुरले आयोजना गरेको उक्त महोत्सवमा अदालतको कामकारबाही, न्यायिक सेवा, कानूनी सहायता तथा नागरिकका अधिकारसम्बन्धी जानकारीमूलक गतिविधि सञ्चालन गरिएको जनाइएको छ । आयोजकका अनुसार न्यायपालिकाप्रति जनचासो र विश्वास अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशको शिक्षामा समावेशीताको प्रयत्न र प्रतिफल बिषयक अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

मधेश प्रदेशको शिक्षामा समावेशीताको प्रयत्न र प्रतिफल बिषयक अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

मेडिकल काउन्सिलले ल्यायाे ‘हेलो एनएमसी’ डिजिटल पोर्टल

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!