मंसिर १६ गते। दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले आफ्नो पहिलो जित निकाल्न सफल भएको छ ।
मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेट र १५ बलले पराजित गरेको हो । चितवन राइनोजले जनकपुरलाई निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७७ रनको लक्ष्य दिएको थियो भने जनकपुरले १७.३ ओभरको खेलमा ४ विकेट गुमाउदैँ १८० रन बनाएको हो । जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए ।
जनकपुरका लागि अनिल शाहले ६१ रनको अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । जनकपुरका माज शदागदले ६३ रनको अर्धशतकीय पारी खेले । ३० बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै आसिफ शेखले १८ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। चितवनका लागि डेभिड मलानले सर्वाधिक ८० रनको अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै अर्जुन साउदले ३९ बलमा ५२ रनको अर्धशतकीय पारी खेले । चितवनका कप्तान कुशल मल्लले ३० रनको योगदान गरे ।
जनकपुरका लागि कप्तान अनिल शाह, रुपेश सिंह, निकोल स्टोन र माज शदागदले एक–एक विकेट लिए ।योसँगै जनकपुरले पाँच खेलबाट पहिलो जित निकालेको हो । यता चितवनको पाँच खेलमा ४ अङ्क छ ।














Discussion about this post