जनकपुरधाम । ज्योतिष डा.बिबेकको बास्तु रिसर्च पेपर र जोर्नल जर्मनीमा प्रस्तावित गरेको छ । हस्तरेखा ज्योतिष र बास्तु क्षेत्रको उदाउँदो ताराको रुपमा चिर परचित नाम हो ज्योतिष गुरु डा बिबेक । जसले आफ्नो विद्या प्रती को बिश्ववास र ज्योतिश शास्त्रलाई बैज्ञानिक ढङ्गले अभिव्यक्त गर्न बास्तु रिसर्च पेपर र जोर्नल जर्मनीमा प्रकाशित गर्ने इच्छा रहेको बताएका छ्न।
डा. बिबेकले आफ्नो विद्या प्रतीको गहिरो विश्वास र अनुसन्धानमूलक सोचका कारण ज्योतिष र बास्तुशास्त्रलाई आधुनिक वैज्ञानिक दृष्टिकोणबाट प्रस्तुत गर्ने योजना बनाएका हुन्। उनका अनुसार प्रकाशित हुने रिसर्च पेपर र जोर्नलले बास्तुशास्त्र, भाग्य, भविष्य, ज्योतिष विज्ञान र हस्तरेखालाई नयाँ ढङ्गले बुझ्न इच्छुक विद्यार्थी र शोधकर्ताहरूका लागि मार्गदर्शनको काम गर्नेछ।

हालै उनले आफ्नो नयाँ पुस्तक नेपाल र भारतसहित विश्वभरका पाठकका लागि छापिएको र चाँडै सार्वजनिक हुने जानकारी दिएका छन्। त्यससँगै, निकट भविष्यमा “बास्तु फोर इन्जिनियर्स” नामक अर्को पुस्तक पनि प्रकाशन गर्ने तयारीमा रहेको उनले बताएका छन्।
युवा ज्योतिष डा. बिबेक प्रसिद्ध वरिष्ठ ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन्। उनी र उनका परिवार लामो समयदेखि नेपालका स्थानीय तहदेखि राजनैतिक शीर्ष नेतासम्मका व्यक्तिहरूका लागि ज्योतिष, बास्तु र भविष्यवाणी सेवामा संलग्न रहँदै सफल र सार्थक योगदान दिइरहेका छन्।
ज्योतिषगुरु डा बिबेक संग 9702527832 कल गरेर सम्पर्क गर्न सकिन्छ।













Discussion about this post