nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जीवन विकास लघुवित्तको शाखा कार्यालय विदेह धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ ३, २०८२, ९:५२ मध्यान्ह

गिरिजानन्द साह/जेठ ३ गते।जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय विदेह धनुषाले वित्तीय संस्थामा आवद्ध केन्द्र प्रमुखहरुको उपस्थितिमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम भव्यताका सम्पन्न गरेको छ।

केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम यस संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) संजय कुमार मण्डलको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथि विदेह नगरपालिकाको नगर उप प्रमुख आशा देवी झा ले गरेको थियो । शाखागत जानकारी शाखा कार्यालय विदेह धनुषाको कार्यालय प्रमुख रवीन्द्र कुमार यादवले गराएको थियो भने कार्यक्रममा संस्थागत जानकारी तथा उद्देश्यबारे जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका विभागीय प्रमुख रन्जना निरौलाले गराएकी थिइन्।

कार्यक्रमको संचालन यस संस्थाको जिल्ला प्रमुख किशोर साहले गरेको थियो । कार्यक्रम उद्घाटन सत्र,प्रशिक्षण र पुरस्कार वितरण सत्र गरी तीन सत्रमा गरिएको थियो। उद्घाटन सत्रमा विदेह नगरपालिकाको नगर उप प्रमुख आशा देवी झा ले जीवन विकास लघुवित्त संस्थाको प्रशंसा गरेका छन्। जीवन विकास लघुवित्त शाखा कार्यालय विदेह द्वारा आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा उनले आफु महिला भएको मलाइ अनुभव छ के पुरुष भन्दा महिलालाई ऋणको चिन्ता धेरै हुन्छ। वहाले गोष्ठीमा सहभागी सबै महिलालाई ऋणको सहि सदुपयोग गर्न सबैमा आग्रह गरे।

नगर उप प्रमुख झा भने, “जीवन विकास लघुवित्तले ग्रामीण भेगका साना उद्यमी, महिलाहरू र आय आर्जनका अवसर खोजिरहेका नागरिकलाई आर्थिक पहुँचको अवसर प्रदान गर्दै आएको छ। यस संस्थाले दिएको वित्तीय सेवाले स्थानीयस्तरमा आत्मनिर्भरता बढाउन योगदान पुर्‍याइरहेको छ।” उनले स्थानीय उद्यमशीलता प्रवर्द्धनमा लघुवित्त संस्थाहरूको भूमिका अझ प्रभावकारी बनाउन नगरपालिका स्तरबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण तथा शहरी भेगमा वित्तीय पहुँच पुर्‍याउँदै, बचत, कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। स्थानीय तहका प्रमुख तथा नागरिकहरूबाट संस्थाले पाएको सकारात्मक प्रतिक्रियाले यसको प्रभावकारिता झल्काएको छ।

कार्यक्रममा संस्थागत जानकारी दिने क्रममा रन्जना निरौलाले ग्राहक सदस्यहरुको चेतनामा वृद्धि,सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विस्तार, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यहरुलाई उद्यमी बनाउने उपायहरू, डिजिटल बैंकिङ सेवा, बहुबैंकिङबाट बच्ने उपायहरू जस्ता विषयमा प्रशिक्षण दिएकी थिइन्।

कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यलय विदेह धनुषाको कार्यक्षेत्र भित्र रहेका अतिविपन्न परिवारका बालबालिकाहरुलाई एडोप्ट (Adopt) गरी १ वर्षसम्मको शैक्षिक खर्च वित्तीय संस्थाले वेहोर्ने जानकारी सहित छात्रवृत्ति प्रदान गरिएको थियो । साथै शाखा कार्यालय विदेह धनुषाको सदस्यहरु मध्ये उत्कृष्ट बचतकर्ता,उत्कृष्ट ऋणी,उत्कृष्ट उद्यमी र शाखा अन्तर्गत रहेको केन्द्रहरु मध्ये पहिलो,द्वितीय र तृतीय केन्द्रहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) संजय कुमार मण्डलले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै कर्जाको सही उपयोग गरी व्यावसायलाई सफल बनाउन सुझाव दिए। साथै, संस्थाले प्रविधिमैत्री र पारदर्शी कारोबारमा केन्द्रित हुँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा १५० भन्दा बढी सहभागी सदस्यहरूको उपस्थिति रहेको थियो। साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) संजय कुमार मण्डल,विभागीय प्रमुख रन्जना निरौला,विदेह नगरपालिकाको नगर उप प्रमुख आशा देवी झा,विशिष्ट अतिथिहरुमा विदेह नगरपालिका वडा न.-७ का वडा अध्यक्ष राज किशोर सिंह,विदेह नगरपालिका वडा न.-६ का जयराम मण्डल,तिनकौरिया प्रहरी चौकीका इन्चार्ज,अतिथिहरुमा समाज सेवी प्रमोद यादव,शाखा कार्यालय विदेह धनुषाको शाखा प्रमुख रवीन्द्र कुमार यादव,पत्रकार गिरिजानन्द साह,शाखा कार्यालय तिनकौरिया अन्तर्गतको केन्द्र प्रमुख पुजा यादव,संगीता देवी झा तथा शाखा कार्यालय तिनकौरिया धनुषाको कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो।

 

 

 

 

 

 

 

 

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

Tags: लघुवित्त

Discussion about this post

Related Posts

जनकपुरधाममा आठवटै जिल्लाका बाल क्लब सञ्जालका पदाधिकारीका लागि क्षमता विकास तालिम सुरु

जनकपुरधाममा आठवटै जिल्लाका बाल क्लब सञ्जालका पदाधिकारीका लागि क्षमता विकास तालिम सुरु

जनकपुरधाम घरजग्गा व्यवसायी संघद्वारा दीपावली, छठ र सामाचकेवाको शुभकामना आदान–प्रदान कार्यक्रम

जनकपुरधाम घरजग्गा व्यवसायी संघद्वारा दीपावली, छठ र सामाचकेवाको शुभकामना आदान–प्रदान कार्यक्रम

युवा मार्गचित्र २०४० सम्बन्धी प्रदेशस्तरीय परामर्श तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

युवा मार्गचित्र २०४० सम्बन्धी प्रदेशस्तरीय परामर्श तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

स्वास्थ्य क्षेत्रका कमजोरी पहिचान गरी सुधार गर्न मन्त्री साहको जोड

स्वास्थ्य क्षेत्रका कमजोरी पहिचान गरी सुधार गर्न मन्त्री साहको जोड

‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेसको चेतावनी

‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेसको चेतावनी

भित्तामा कोरिएका पेन्सिलका दागहरू यसरी हटाउनुहाेस् सजिलै

भित्तामा कोरिएका पेन्सिलका दागहरू यसरी हटाउनुहाेस् सजिलै

समाचार कक्षमै प्रहरी: पत्रकार पक्राउ प्रकरणले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न

समाचार कक्षमै प्रहरी: पत्रकार पक्राउ प्रकरणले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि