जनकपुरधाम/फागुन ९ गते। “बिधार्थीको साथी अनेरास्ववियु, विपतको सहारा अनेरास्ववियु” भन्ने नाराका साथ अनेरास्ववियु रा. रा. ब. क्याम्पस कमिटीले क्याम्पस सरसफाई तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न गरेको छ।
निराजन साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मधेश प्रदेश सरकारका स्वास्थ्य मन्त्री शत्रुधन सिंह प्रमुख अतिथि रहेका थिए। साथै, नेकपा एमाले निकट अनेरास्ववियु मधेश प्रदेश कमिटीका सचिव सतिश सिंह, सहायक क्याम्पस प्रमुख राम हृदय मण्डल, जिल्ला इन्चार्ज मुखर जी. प्रशाद यादव, प्रदेश सदस्य मानिस यादव, जिल्ला अध्यक्ष पुरूषोत्तम चौधरी लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।
“सबैका लागि पठनपाठनको सफा वातावरण र महिला साक्षरता कार्यक्रम” अन्तर्गत आयोजित यो अभियानमा क्याम्पस परिसरको सरसफाई गरिएको थियो। साथै, महिला विद्यार्थीहरूका लागि सेनेटरी प्याड वितरण तथा Sanitary Pad Vendor Machine स्थापना कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सिंहले महिलाको स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिँदै यस्तो अभियानले विद्यार्थीहरूलाई सकारात्मक वातावरण प्रदान गर्ने बताए। क्याम्पस कमिटी अध्यक्ष साहले आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
अनेरास्ववियु रा. रा. ब. क्याम्पस कमिटीले “बन्दैछ रा. रा. ब. क्याम्पस, बनाउँदै छौँ हामी अनेरास्ववियु” भन्ने अभियानलाई व्यवहारमा उतार्दै सामुदायिक भलाइका कार्यहरूलाई अघि बढाउने जनाएको छ।
















Discussion about this post