धनुषा/पुस १७ गते। धनुषाको जनकपुर ढल्केवर सडक खण्डमामा स्कारपियोले मोटरसाइकल लाई ठक्कर दिदा २ जना घाईते भएका छन।
धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा न.-७ स्थित बाबाको ढाबा होटेल नजिक ढल्केवर जनकपुर सडक खण्डमा जनकपुरबाट लक्ष्मिनियाँ तर्फ आउदै गरेको स ८ प ३०५७ नम्बरको मोटरसाईकललाई बाटो क्रस गर्ने क्रममा बाबाको ढाबाबाट जनकपुर तर्फ जादै गरेको BR06DT१९८८ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक जनकपुरधाम उपमहानगरपालिका वडा न.-१ मिल्स एरिया बस्ने अन्दाजी बर्ष १६ को बिबेक राय र मोटरसाईकल पछाडि बस्ने सोही ठाउँका अन्दाजी बर्ष १६ को आयुष पाठक घाइते भएका छ्न ।
घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ । दुबै जनाको दुबै खुट्टा र शरिरको बिभिन्न भागमा चोट रहेको र घाइतेहरु मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
स्कारपियो चालक भारत देश बिहार राज्य मोजफपुर बस्ने अन्दाजी बर्ष ३५ को धर्मेन्द्र सहनीलाई ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाले नियन्त्रणमा लिएको छ ।














Discussion about this post