बारा।बारामा मोटरसाइकलबाट खसेकी एक युवतीलाई ट्रकले ठक्कर दिँदा मृत्यु भएको छ।बुधबार दिउँसो सवा १२ बजे ना ४ ख २९२३ नं.को ट्रकले पछाडिबाट ठक्कर दिँदा पचरौता नगरपालिका ८ बस्ने १७ वर्षीया किशोरी गान्धी कुमारीको मृत्यु भएको हो।
उनको बुवाले चलाएको प्रदेश नं.२–०३–००६ प ९३८५ नम्बरको मोटरसाइकलको पछाडि बसेकी गान्धी मोटरसाइकलबाट खसेकी थिइन्।
कलैयाबाट बरियापुरतर्फ जाने क्रममा कलैया ४ मैदा मिल नजिकै मोटरसाइकलबाट खसेकी ट्रकले पछाडिबाट ठक्कर दिँदा घाइते भएकी थिइन्।
गान्धीको उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी गौतम मिश्रले जानकारी दिए।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको मिश्रले बताए।














Discussion about this post