nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

फोटोकपी पसलको आवरणमा सट्टेबाजी धन्दा

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ६, २०८१, १:०१ मध्यान्ह
फोटोकपी पसलको आवरणमा सट्टेबाजी धन्दा

बैशाख ६ गते। सट्टेबाजी गराएर २ वर्षमै ४ करोड कमाइ गरेको देखिएपछि सर्लाहीका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेकामध्ये मलंगवा नगरपालिका–९ का ३१ वर्षीय सञ्जयकुमार साहलाई प्रहरीले सट्टेबाजी धन्दाको मुख्य एजेन्ट भनेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सर्लाहीबाट पक्राउ गरेर ल्याएको छ ।

अनुसन्धानका क्रममा साहको निर्देशनअनुसार काम गरेको देखिएको भन्दै प्रहरीले मलंगवा नगरपालिका–९ कै १९ वर्षीय रामजी साह र मलंगवा–१० का ३० वर्षका राकेश चौधरीलाई पनि पक्राउ गरेको छ ।रामजी सञ्जयकै पसलमा काम गर्ने व्यक्ति रहेको खुलेको छ राकेश भने सट्टेबाजीको धन्दामा सहयोगीको रुपमा भूमिकामा रहेको प्रहरीको भनाइ छ ।सञ्जय भने सट्टेबाजी गराउने विभिन्न गिरोहको नेपालस्थित मुख्य एजेन्ट रहेको प्रहरीले जनाएको छ । सञ्जयमार्फत पछिल्लो दुई वर्षमा सट्टेबाजीको ५७ करोड ४१ लाख ५७ हजार १४७ रुपैयाँको कारोबार भएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।

सट्टेबाजीको रकम क्रिप्टो (भर्चुअल मुद्रा)मार्फत भुक्तानी हुने गरेको देखिएको छ । सञ्जय वान एक्स बेटिङका नेपाली एजेन्ट रहेको खुलेको छ ।
सञ्जयले सट्टेबाजी गराउनुका साथै क्रिप्टो करेन्सीको समेत कारोबार गरेको देखिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।
प्रहरीका अनुसार दुई वर्ष अघिसम्म सञ्जयको आर्थिक अवस्था सामान्य थियो । तर अहिले सर्लाहीको सदरमुकाम सदरमुकाममा घर–घडेरी जोडेका छन् ।
सञ्जयको मलंगवामा लक्ष्मी फोटोकपी सेन्टर, लक्ष्मी मोबाइल स्टोर र जनता गार्मेन्ट नामको पसल छ । तर यी पसलको आवरणमा भित्री रुपमा सट्टेबाजी गराएर धेरै रकम कमाएको देखिएको अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत डीएसपी किरण न्यौपानेले बताए ।

लक्ष्मी कम्युनिकेशन एण्ड फोटोकपी सेन्टरमार्फत सञ्जयले सीमकार्ड समेत बेच्दै आएका थिए । सीमकार्ड किन्न विभिन्न व्यक्तिले पेश गरेको कागजात दुरुपयोग गरेर सञ्जयले बैंक खाता खोल्नेदेखि सट्टेबाजीको एकाउन्ट खोल्ने र सट्टेबाजी गराउने गरेको अनुसन्धानबाट खुलेको छ ।प्रहरीले सञ्जयको साथबाट २१ वटा मोबाइल बरामद गरेको छ । सञ्जयले ९८ वटा बैंक खाता खोलेर कनेक्ट आईपीएसमा कनेक्ट गरी कारोबार गरेको भेटिएको थियो । अहिलेसम्म उनले ५७ करोड ४१ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको देखिएको छ ।

नेपाली एजेन्ट बनेर सट्टेबाजी गराए वापत उनले ७ प्रतिशत कमिसन लिने गरेको पाइएको प्रहरीको भनाइ छ । आफूले बुझेको ७ प्रतिशतबाट २ प्रतिशत रकम भने सट्टेबाजीका लागि आफ्नो टेलिफोन नम्बरको विज्ञापन गरिदिएवापत वान एक्स बेटको डिस्प्ले एजेन्टलाई बुझाउने गरेको खुलेको छ । उनले गरेको कारोबारको ५ प्रतिशत कमिसन हिसाब गर्दा ४ करोड रुपैयाँ आफूले लिएको देखिएको एक अनुसन्धान अधिकृतले बताए ।
उनले एक महिनाअघि मात्रै सदरमुकाम मलंगवामा श्रीमतीको नाममा ६३ लाखमा घडेरी किनेको खुलेको छ । मलंगवामै २३ लाखमा घर पनि खरिद गरेको देखिएको छ । पक्राउ परेकाहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

Tags: मधेश प्रदेश

Discussion about this post

Related Posts

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि