सप्तरी/फागुन १४ गते । सप्तरीमा माेटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजना काे मृत्यु भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१४ डलवा टोलमा को.२८ प ९६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तिरहुत गाउँपालिका-१ धनपुरी बस्ने १८ वर्षीय तिलक नारायण ठाकुरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।














Discussion about this post