nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

चपाएर खुवाउने चलनबाट सुरु भएको थियो चुम्बन

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १, २०८०, ९:५९ मध्यान्ह
चपाएर खुवाउने चलनबाट सुरु भएको थियो चुम्बन

फागुन १ गते। आज भ्यालेन्टाइन सप्ताहको छैटौँ दिन अर्थात् किस डे । तपाईँलाई किसिङ अर्थात् चुम्बनको इतिहास थाहा छ ?

विश्वमा पहिलो चुम्बनको लिखित इतिहास पूर्वी वैदिक संस्कृति साहित्यमा पाइन्छ । विश्वका प्रसिद्ध मानवशास्त्री विलियम जान्कोभिकले चुम्बनबारे अनुसन्धान गरेका थिए । अनुसन्धानका क्रममा उनले विश्वभर १६८ ज्ञात संस्कृतिमध्ये ४६ प्रतिशतमा ओठले ओठमा चुम्बनको चलन रहेको पाए । अन्यत्र भने कतै हात, कतै टाउकोमा चुम्बन गर्ने गरेको भेटियो ।

चुम्बनलाई रोमान्सको परम्परा मात्रै ठान्ने गल्ती नगर्नुहोला । केहि सेकेन्डको चुम्बनबाट मात्रै पनि पार्टनरहरुले  एकअर्काको बारेमा धेरै कुरा जान्न बुझ्न सक्छन् । जसलाई लेखेर वा बोलेर व्यक्त गर्न घण्टौँ लाग्न सक्छ । एक अर्कालाई चुम्बन गर्दा शरीरको न्यूरो सिष्टम र हार्मोनहरू दौडिन थाल्छन् । आज किसिङ डेमा चुम्बनको विज्ञान, यसँग सम्बन्धित केही कथा सम्बन्धमा यसको महत्वबारे कुराकानी गर्नेछौँ ।

हजारौँ वर्षदेखि मान्छे चुम्बनसँग जोडिँदै आएको छ । चुम्बनको पहिलो लिखित ३ हजार ५०० वर्ष पहिलो भारतमा भेटिएको हो । संसारको झन्डै आधी संस्कृतिमा चुम्बनको चलन छ ।

शरीरको सबैभन्दा कोमल अंग हो ओठ

मानिसहरु अँगालो हाल्छन् र हात पनि मिलाउँछन् । तर चुम्बनमा यस्तो के खास छ कि सम्बन्धको लागि यति महत्त्वपूर्ण भएको हो ? यसको जवाफ मानव शरीरको संरचनामा पाइन्छ । अन्य अंगको तुलनामा ओठमा सबैभन्दा धेरै स्नायु न्यूरोन्स हुन्छ । जसकै कारण ओठ हाम्रो शरीरको सबैभन्दा नाजुक र संवेदनशील अंग हो । चुम्बन प्रक्रिया सुरु हुने बित्तिकै ओठमा रहेको नर्भ न्यूरोन्सले बासना, स्पर्श र स्वादको माध्यमबाट मस्तिष्कलाई सन्देश पठाउन थाल्छ ।

यति बेला मानव मस्तिष्कले अगाडिको व्यक्तिबारे धेरै कुरा थाहा पाउँछ । किस गरिरहेको व्यक्ति राम्रो पार्टनर बन्न सक्छ कि सक्दैन, भरोसा गर्न लायक छ कि छैन चुम्बन गर्दा नै यस्ता कुरा धेरथोर थाहा पाइन्छ । तपाईँलाई यो थाहा नहुन सक्छ, तर चुम्बन गर्दा दुईवटा मुटु र मस्तिष्कले यूएसबीले जस्तै डाटा ट्रान्सफर गरिरहेको हुन्छ ।

मुखले चपाएर खाना खुवाउने गर्दागर्दै सुरु भएको थियो चुम्बन चलन

अहिले चुम्बन प्रेमको प्रतीक बनेको छ । तर सुरुमा चुम्बन अहिले हामीले जुन स्वरुपमा देखि रहेका थियौँ त्यस्तो थिएन । चुम्बन मातृत्वसँग जोडिएको थियो । वास्तवमा आदिम मानवको युगमा आगो बाल्ने चलन थिएन । आमाहरूले काँचो मासु वा तरकारी चपाएर छोराछोरीका मुखमा हालिदिने गर्थे, ताकि उनीहरूले आरामसँग खान सकुन् । यो चराले आफ्नो बच्चालाई चुच्चोले चारा खुवाइको जस्तै हुन्थ्यो ।

यो स्वभाव हाम्रा पुर्खा बाँदरको समयदेखि मानव स्वभावमा सरेको हो । कुनै पनि बच्चालाई चुम्बन गर्न सिकाउनु नपर्ने कारण यो  पनि हो । आमा नजिक आउने बित्तिकै बालकले आमालाई ओठले चुम्न खोज्छ । चुम्बनले खाना, प्रेम र सुरक्षा प्राप्त हुन्छ भन्ने कुरा उसको डीएनएमै कोडेड हुन्छ ।

डार्विनले उद्विकासको सिद्धान्तमै चुम्बनको विज्ञानको व्याख्या गरेका थिए

चुम्बन भावनाहरू आदानप्रदान गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको मानवविज्ञान र मनोविज्ञानमा अनुसन्धानले देखाएका छन् । त्यस्तो हो भने अरु जनावरले किन चुम्बन गरेनन् त ? ओठबाट ओठ चुम्बन सामान्यतया मानिसहरूमा मात्र देखिन्छ । केही प्रजातिका चराचुरुङ्गी र स्तनधारीहरूमा चुच्चोले खना खुवाउने चलन देखिएको छ तर तिनीहरूमा पनि भावना व्यक्त गर्न चुम्बन गर्ने चलन छैन । प्रसिद्ध वैज्ञानिक चार्ल्स डार्विनले आफ्नो विकास सिद्धान्तमा यसको कारण पनि दिएका छन् ।

उद्विकासक्रमको बेलामा मानिसहरूले आफ्ना धेरै आदिम गुण त्यागे । यस क्रममा मानवको सिकार गर्ने, सुँघ्ने र हेर्ने क्षमता घट्यो । यसका लागि मान्छेले हतियारको सहारा लिन थाले । जनावरहरूले एकअर्काका भावनाहरू केही फिटको दूरीबाट सुँघेरै बुझ्न सक्छन्, तर मानिसहरूलाई समान भावनाहरू बुझ्न लिप–लक चाहिन्छ । किनकि विकासको क्रममा, हाम्रो सुघ्ने शक्ति कम भयो ।

यसलाई अझ सरल भाषामा भन्नुपर्दा कुकुर, सिंह, हात्ती वा डल्फिनले सुँघेर वा तरंगबाटै एक अर्काको भावना बुझ्न सक्छन् । तर यो शक्ति क्षीण हुँदै गएकोले मान्छेलाई भने चुम्बन गर्दा जत्तिकै नजिक आउन जरुरी भयो ।

चुम्दा साँच्चै नाक बिचमा आउँछ ?

फिल्म ‘थ्री इडियट्स’ मा आमिर खानले करीना कपूरलाई लिएर रोमान्टिक सपना देखेका छन् तर त्यो सपना बिचैमा टुट्छ । हरेक पटक चुम्ने बेलामा नाक तगारो बनिदिन्छ । साँच्चै यस्तो हुन्छ त ? यसको जवाफ हो बिल्कुल होइन । दुई जनाको नाक एक आपसमा ठोक्किनु पनि चुम्बन नै हो । यसलाई एस्किमो किसिङ भनिन्छ  ।

चुम्बनमा हरेक मिनेट २५ क्यालोरी बर्न हुन्छ, चिन्ता र थकान कम हुन्छ

तपाईँले चुम्बनको इतिहास, यसको लोकप्रिय विधिहरू र यसको भावनात्मक कोण त थाहा पाउनु भयो । तर चुम्बन केवल परिचय र माया प्रेममा मात्रै सीमित छैन । यसले स्वास्थ्यमा पनि धेरै सकारात्मक प्रभाव पार्छ । ‘मेडिकल हाइपोथेसिस’ जर्नलमा प्रकाशित रिपोर्ट अनुसार चुम्बन गर्दा प्रति मिनेट २५ क्यालोरी बर्न हुन्छ । २० सेकेन्ड चुम्बन गर्दा नै शरीरमा पर्याप्त मात्रामा गूड हर्मोन उत्पन्न हुने पनि सर्जन हुने यो दुवै पार्टनरलाई आराम महसुस गराउन प्रभावकारी हुने पनि रिपोर्टमा भनिएको छ । यस अवधिमा पार्टनरको रक्तचाप पनि सामान्य स्तरमा फर्किन्छ । साभार स्रोत-रातोपाटी बाट

 

Discussion about this post

Related Posts

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि