माघ २३ गते । सर्लाहीको मलंगवामा सोमबार ट्याक्टर र जिप ठोक्किएर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दिपेन्द्र पञ्जियार थारुले बताए ।
उखु बोकेको ज.२ च १०६४ नम्बरको ट्याक्टर र भारतिय नम्बर प्लेटको सफारी जिप आसपमा ठोक्किएको हो । नापी कार्यालयका प्रमुख मानन्धर बिआर–०६–पिडी–९६४८ नम्बरको सफारी जिपमा सवार थिए ।
दुर्घटनामा परेर ४ जना गम्भिर, ४ जना मध्यम र ३ जना सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागी स्थानिय अस्पतालले बिरगञ्ज रिफर गरेर डिएसपी थारुले जानकारी दिए ।














Discussion about this post