लहान/माघ २० गते। सिराहाको लहान – ८ मा अवस्थित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५ औं सधारणसभा भव्यताका साथ सम्पन्न गरेको छ।
” एकका लागि सबै, सबैका लागि एक” नारासहित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार पाँचौ साधारणसभा तथा वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। सो कार्यक्रमको अध्यक्षता रञ्जित कुमार यादवले गर्नु भएको थियो भने ,प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय महासचिव जीवन काफ्लेका अनुसार सहकारीको सुरुवात सन् १८४४ बेलायतबाट भएकोमा अहिले हरेक देशको कुनाकुनामा रहेको बताए । नेपालमा मात्रै राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सङ्ख्या ६९ वटा रहेको ‘उनलेे’ बताए ।
विशिष्ट अतिथि प्रदेश सांसद राजेन्द्र प्रसाद चौधरी अतिथिहरु ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज लिलाकान्त पौडेल, कुलबहादुर कटुवाल, नेपाल निजामती कर्मचारीका कृष्णदेव यादव, प्रदिप सिंह, सीता निरौला लगायत कर्मचारी तथा सेयर सदस्यहरुको उपस्थितिमा भव्यताका साथ आजको कार्यक्रम सम्पन्न भएको छ।
यता, बन्द शत्र पछि निर्वाचन मण्डलका संयोजक श्री कृष्णदेव यादवले नयाँ संचालक समितिको नामावली प्रकाशन गरेका थिए। नयाँ संचालक समितिको अध्यक्षमा पुनः रन्जित कुमार यादव सर्वसमतले निर्वाचित हुनु भयो भने उपाध्यक्षमा रेवती रमण दत्त, सचिब प्रदिप सिंह कोषाध्यक्षमा जलेश्वर यादव, त्यसतै सदस्यहरु राजकारी चौधरी, राम प्रसाद महतो र प्रशान्त श्रेष्ठ रहेका छन साथै लेखा सुपरिवेक्षण समितिको संयोकमा शंकर कुमार साह सदस्यमा सिता निरौला र कृष्णदेव यादव चयन भएका छन ।
यो सँगै कुल स्थापना सदस्य सङ्ख्या – २५ ( १ महिला , २४ पुरुष ) थियो । भने, हाल सदस्य सङ्ख्या वृद्धि भई १५६ पुगेका छन् जसमा ( २३ महिला , १३२ पुरुष र १ संस्था ) रहेको छ।
आ.ब. को अन्त्यमा रहेको बचत निक्षेप २१ लाखबढी रहेको र आर्थिक वर्षको अन्त्यमा रहेको सेयर सदस्यहरुलाई लगानीमा रहेको ऋण रकम १९ लाख बढी रहेको प्रतिवेदनमा उल्लेख गरेको छ।
यो सँगै प्रदेश सांसद राजेन्द्र प्रसाद चौधरीका अनुसार – देशैभरिमा छरिएर रहेका सहकारीले बचतको नाममा भाषिक परिवर्तन ल्याएको छ। बचतले दिगोपनामा जोड दिन्छ, खासगरी नेपाल निजामती, तथा राष्ट्रसेवक बचतले आफ्नो छोराछोरी पढाउन, आकर्षक भविष्यमा बढी जोड दिने बताए ।

















Discussion about this post