सप्तरी/माघ १९ गते। सप्तरी प्रहरीले एउटा बन्दुक र ४१ राउन्ड गोलीसहित एक जनालाई शुक्रबार पक्राउ गरेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका-२ स्थित कोशी बाँधछेउमा जंगली जनावरको सिकार गरिरहेका राजविराज-५ का शैलेशकुमार झालाई सो हतियारसहित नियन्त्रणमा लिएको सप्तरीका एसपी गजुसिद्धि बज्राचार्यले बताए ।
पक्राउ गरिएका झाले सिकार गरेका दुई जंगली जनावरसमेत नियन्त्रणमा लिइएको बज्राचार्यले बताए । सिकार गरिएका जंगली जनावर हरिन भएको खुलेको छ । थप बुझ्ने कार्य भइरहेकै प्रहरीले जनाएको छ ।

















Discussion about this post