जनकपुरधाम/माघ १९ गते । जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा गोगल प्रसाद मावि पाँच विकेटले जित हासिल गरेको छ । गोगल मावि प्रथम इन्टर स्कुल क्रिकेट कपको विजेता पनि छन् । गोगल प्रसाद मावि टस जितेर सुरुवातमा मदर ट्रेसा पब्लिक स्कुललाई ब्याटिङका लागि आमन्त्रण गरेका थिए । मदर ट्रेसाका खेलाडीहरु निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय सात रनको लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि सरोज यादव ३७ बलमा २५ र किसन साह १९ बलमा २१ रनको योगदान दिए ।
गोगलका लागि बलिङ गरेका विमलेश सहनी चार ओभरमा १५ रन खर्चेर एक विकेट र धिरज दासले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिए । दास एक मेडन ओभर समेत फालेक थिए ।
जवाफ ब्याटिङका लागि आएका गोगल मावि १७ ओभर एक बलमा पाँच विकेट गुमाएर लक्ष्य पुरा गरेका थिए । यस टिमका लागि विवेक भण्डारी १६ बलमा २४ र विमलेश सहनी १९ बलमा २१ रन बनाए । यस खेलको म्यान अफ दी म्याच गोलका विमलेश सहनी घोषित भएका थिए ।
प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ । प्रत्येक टिमले तीन म्याच अनिवार्य खेल्ने छन् । न्यू भिजन नेपालको अध्यक्ष अम्भु प्रसाद साहको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा नगर प्रमुख मनोज साहको प्रमुख अतिथ्यता रहेको थियो भने, BYD 2nd INTER SCHOOL CRICKET CHAMPIONSHIP 2080 समुद्घाटन समारोहमा नेपाल कृकेट संघका उपाध्यक्ष श्री रोशन सिंह ज्युको विशिष्ट आतिथ्यको साथै अतिथिको रुपमा वडाध्यक्ष श्री रामचन्द्र पजियार, श्री परमेश्वर साह, श्री मिथिलेश कर्ण, श्री दिनेश सिंह र श्री दिपेन्द्र साह कार्यक्रममा सहभागिता रहेको थियो !

















Discussion about this post