माघ १० गते। हायसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका-१५ का ४६ वर्षीय शम्भु दर्जी रहेका छन्। मंगलबार इटहरीबाट धरान तर्फ जाँदै गरेको ना–१ ज ७१२१ नम्बरको हायस सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित भोटेपुलमा गाडीले बाटो क्रस गर्दै गरेको को-६ प ५६०३ नम्बरको मोटरसाइकल र को- ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक दर्जीको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। स्कुटर चालक सोही ठाउँका ४४ वर्षीय सुरज गजमेर सामान्य घाइते भएका छन्।
दुर्घटनामा संलग्न हायस गाडी, चालक सप्तरी सुरुङ्गा ८ बस्ने २८ वर्षीय तेज नारायण सदालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।














Discussion about this post