कार्तिक २० गते। प्रहरीले लागुऔषध खैरो हेरोईन र नाईट्रोभट ट्याब्लेट सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले भारतको बिहार राज्य नकरादेहा बस्ने २७ वर्षीय भुलावन पटेल र बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षीय सन्तोष महतोलाई नियन्त्रणमा लिएको जनाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनरुवामा शंकाष्पद रुपले हिडिँरहेका पटेल र महतोलाई रोकी चेकजाँच गरेको थियो । सोही क्रममा उनीहरुको साथबाट ४९ .५२० मिलिग्राम खैरो हेरोईन र नाईट्रोभेट ९ सय ट्याब्लेट सहित पक्राउ गरिएको पर्साका डिएसपी एवम् प्रवक्ता कुमार बिक्रम थापाले बताए ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

















Discussion about this post