गिरिजानन्द/जनकपुरधाम/कार्तिक १९ गते । लायन्स क्लब अफ जनकपुरधाम,लायन्स क्लब अफ जनकपुरधाम गार्गी र लियो क्लब अफ जनकपुरधामको संयुक्त आयोजनामा फ्री हेल्थ क्याम्प सम्पन्न भएको छ ।

शनिबारका दिन हंसपुर नगरपालिका वार्ड न.-४ को सुगा मधुकरहीको मधुकेश्वर नाथ महादेब मन्दिर को प्राङ्गणमा भएको फ्री हेल्थ शिविरमा ४०० जनाको स्वास्थ्य परीक्षण गरिएको लियो क्लब अफ जनकपुरधामको अध्यक्ष विकाश साहले जानकारी दिएका छ्न।

यस कार्यक्रम का प्रमुख अथिति माननीय राम आशिष यादव,विशिष्ट अथिती हंसपुर नगरपालिका का नगर प्रमुख प्रदीप यादव रहेको थियोे । शिवरको शुभ आरम्भ हंसपुर नगरपालिका वडा न.-४ अध्यक्ष लालबाबु यादव गरेका थिए ।

फ्री हेल्थ क्याम्पमा आँखा,दन्त,सुगर र हाईपरटेन्सनको परीक्षण गरिएको थियो । लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी, लियो क्लब अफ जनकपुरधामको सक्रियतामा सामाजिक एवं स्वास्थ्य तथा विभिन्न क्रियाकलापका कार्यक्रमहरु जनकपुरधाम क्षेत्रभित्र विभिन्न समयमा निरन्तर हुँदै आइरहेको छ ।

फ्री हेल्थ डाईबेटीज चेकअप क्याम्प लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी, लियो क्लब अफ जनकपुरधाम को आयोजना साइट नेपाल एवम साइट नेपाल संगको सहकार्यमा शिविर संचालन गरिएको थियाे ।


















Discussion about this post