जनकपुरधाम/कार्तिक १८ गते। खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८९ मिलिग्रामसहित ३ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका-१ पौडेसर टोल बस्ने २० वर्षीय नितिश कुमार दास र बिदेह नगरपालिका-१ घर भएका २४ वर्षीय प्रिन्स सहनी र भारत बिहार राज्य जिल्ला मधुवनी थाना बासोपट्टी ग्राम पोष्ट छतौनी वडा नं. ०८ बस्ने अन्दाजी वर्ष २४ को अशोक कुमार यादव रहेको छ।
अवैध लागूऔषध लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले नितिश कुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















Discussion about this post