जनकपुरधाम/कार्तिक १८ गते। धनुषा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन युवकलाई नियन्त्रणमा लिएको छ ।
धनुषाबाट गोप्य सूचनाको अधारमा खटिएको प्रहरी टाेलीले जनकपुर उपमहानगरपालिका वडा नं.४ गंगासागर स्थितमा निम्न स्थान बस्ने निम्न व्यक्तिलाई शंका लागे पछि चेक जाँच गर्ने क्रममा जनकपुर उपमहानगरपालिका वडा नं.१२ कुवा रामपुर बस्ने सुरेन्द्र साहको छाेरा वर्ष २० काे गुड्डु साह, रामन्नद चाेक बस्ने मदन यादवको छाेरा वर्ष २५ का रवी कुमार यादव र महाेत्तरी जिल्ला का मटिहानि नगरपालिका ५ गाेबराैडा बस्ने विरेन्द्र नायकको छाेरा वर्ष २६ काे मुकेश कुमार नायकलाई शंका लागि चेकजाँच गर्दा प्रतिबन्धित लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छन् ।
युवकलाई चेकजाँच गर्दा उनको सथमा रहेको झोलाबाट NITRAZEPAM-ट्याबलेट – ७६५ पिस र NITROSUN ट्याबलेट १० पिस गरी जम्मा ७७५ पिस सहित प्रतिबन्धित लागूऔषध बरामद भएको प्रहरीले बताए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषा ले जनाएका छन् ।

















Discussion about this post