जनकपुरधाम/कार्तिक १६ गते । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ प्रखे महुवामा जनकनन्दिनी म्युजिक फेस्टिभल हुने भएको छ ।
जनकनन्दिनी फाउण्डेशनको आयोजनामा कार्तिक १८ गते शनिबार आयोजन गरिएको साँगितिक महोत्सव हुने भएको हो। महोत्सवमा विभिन्न गायक, नृत्याँगनाहरुको समूहले आफ्नो प्रस्तुति दिएर दर्शकहरुलाई झुमाउने भएको छ।
जनकनन्दिनी गाउँपालिका वडा नं. ३ महुवा बजार आयोजन गरिने साँगितिक महोत्सवमा मिथिला मधेशका दिग्गज र चिरपरिचत कलाकाहरुले प्रस्तुति दिने भएको छ ।
साँगितिक कार्यक्रममा बहुमुखि प्रतिभा भएका खजुरीका गायक ललित कामत, शिवानी भगत, देव अहिर राव, राजा राजपुत, भक्ती गित तर्फ रुपेश झा, नृत्याँगना तर्फ अँजली साह लगायतका दर्जन बढी कलाकारहरु रहने आयोजक सँस्थाका सँगम गुप्ताले जानकारी दिए ।
जनकनन्दिनी म्युजिक फेस्टीभल शनिबार दिउँसो २ बजेदेखि राती ९ बजेसम्म चल्ने आयोजक समितिले जनाएको छ ।

















Discussion about this post